कूल तामाङ् वैशाख ५ नुवाकोट । नुवाकोट जिल्लाको प्रमुख साँस्कृति एवं धार्मिक महत्व बोकेको सिन्दुरे जात्रा सुरु भएको छ । चैत शुक्ल पूर्णिमाको अबसरमा लाग्ने जात्राको लागी हिजो नुवाकोटको भैरबी मन्दिरमा सल्लाको लिङ्गो ठड्याएपछि शुरु भएको हो । विदुर नगरपालिका-७ देविघाटको जालपा मन्दिरमा हिजो साझबाटै दर्शनार्थीहरु ओइरिएका थिए । मन्दिरमा भाकल अनुसारका कुखुरा बोका चढाउनेको आज विहान देखि नै भिड लागको छ । नुवाकोट जिल्लाको प्रसिद्ध जालपादेवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा लाग्ने बैशाख पुर्णिमा जात्रा ८ दिनसम्म मनाउने गरिन्छ
भैरबी मन्दिरबाट आज साझ धामी धमिनी रथयात्रा सहित देविघाट पुगेका छन् । बेलुका नै जालापा देवीको मन्दिरमा धामीले जिउदो रागो बोका माछाको भोग खाने गर्दछन् ।
भैरवी मन्दिरका पुजारी धामी हरिमान िसंह डंगोल र धमिनी मन्दिरको रथ र बाजागाजा सहित देविघाट आए पनि मेलाको विशेष रौनकता सुरु हुनेछ ।
नुवाकोटबाट देविघाट जानेक्रममा विधीपुर्वक बाटोमा विभिन्न स्थानमा पुजा र देविघाटको स्मारक नजीक स्नान गराई धामीलाई जालपा मन्दिरसम्म बाटोमा सेतो कपडा विछ्याएर लैजाने चलन रहेको छ । धामीको यात्रा हेर्न बाटोमा लाम लागेका भक्तजनहरुले जीवीत देवताको रुपमा पुजिदै आएका धामी र धमिनीलाई पुजा तथा दर्शन गर्ने गर्दछन् ।
देविघाटको मेला विधिपूवर्क सकेर भोलि बेलुका धामी नुवाकोट फर्किएपछि भैरवी मन्दिरमा तृतियको दिन सिन्दुर खेलेर सिन्दुरे जात्रा मनाउने गरिन्छ ।

0 comments:
Post a Comment