Sahara Sansar

Monday, April 18, 2011

नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन स्थगनको माग गर्दै सर्वोच्चमा रिट

बैशाख ५ काठमाण्डौ । आगामी बैशाख २० र २१ गते हुन लागेको नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन स्थगनको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रिटमा महासंघको हालै सम्पन्न काठमाडौं शाखाको निर्वाचनका क्रममा पार्षद केन्द्रिय सभासद को छनौट प्रकि्रया बिधान र निर्वाचन कार्यविधि निर्देशिकाबिपरित भएकाले विधिसम्मत ढंगले पार्षद छनौट गरिनुपर्ने भन्दै त्यसको टुंगो नलागेसम्म केन्द्रिय महाधिवेशन रोक्न माग गरिएको छ ।
रिट दर्ता नम्बर ०९८४ रहेको छ । पत्रकार महासंघको बिधानमा पार्षदको चयन गोप्य मतदान प्रकि्रयाबाट गरिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसको ठाडो उल्लंघन गरिएकाले सो अवैध निर्वाचन बदर गरी बिधानसम्मत ढंगले पार्षद चयन गराइनुपर्ने र त्यसपछि मात्र केन्द्रिय महाधिवेशन गराइनु पर्ने माग गर्दै काठमाण्डांै शाखाका सदस्यद्वय पूर्ण कार्की र राकेश मिश्रले रिट दायर गरेका हुन् ।

यसअघि काठमाडौं शाखाको पार्षद छनौट प्रकि्रया बिधानविपरित भएको भन्दै निवेदकहरुले त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका थिए । विभिन्नखाले दबाबमा परी जिल्ला प्रशासन कार्यालयले निर्णय दिन नसकेपछि सो कार्यालयलाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता भएको हो । रिटमा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति केन्द्रिय निर्वाचन समिति शाखा निर्वाचन समिति र काठमाडौं शाखालाई समेत विपक्षी बनाइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae