Sahara Sansar

Monday, April 18, 2011

सरकार समयमा संविधान निर्माण गर्न अन्तिम समयसम्म प्रयासरत: रक्षामन्त्री पौड्याल

बैशाख ६ खोटाङ । रक्षामन्त्री विष्णु पौड्यालले जेष्ठ १४ सम्ममा संविधान जारी गर्न वर्तमान सरकारले  अन्तिम घडीसम्म पनि प्रयास गर्ने वताउनु भएको छ । भोजपुरको साल्पा सिजुङ महोत्सव उद्घाटनका क्रममा खोटाङको सदरमुकाम दिक्तेलमा पुग्नु भएका पौड्यालले संविधान र शान्ति प्रक्रिया वर्तमान सरकारको प्रमुख एजेन्डा भएकाले यसलाई पहिलो प्राथमिकता दिने वताउनु भयो । 

सवै दललाई समेटेर लान खोज्दा सरकारलाई पुर्णता दिन ढिलो भएको स्वीकार्दै पौड्ेलले छिट्टै रिकारले पुर्णता पाउने आस्वसन दिनुभयो । वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकारको प्रयास गरेको भएपनि अन्यदलका कारण त्यो संभव नभएको वताउँनु भयो।  संविधान जारिहुनु अघि नै लडाकु समायोजन अनिवार्य भएकाले लडाकु समायोजन गर्ने विषयमा प्रयास भै रहेको वहाँको भनाई थियो  ।

यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व जलश्रोतमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले काँग्रेस वर्तमान सरकारमा सामेल नहुने वताउनु भएको छ । खोटाङको सदरमुकाम दिक्तेलमा पार्टि कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै केन्द्रिय सदस्य कार्कीले काँग्रेसले सरकार वाहिरै बाट संविधान र शान्ति प्रक्रियाका मुद्धालाई सहयोग गर्ने तर सरकारमा सामेल नहुने वताउनुभयो । 

सात वुदे सहमतिले जनतामा समेत राम्रो सन्देश नगएको भन्दै उहाँले अहिलेको सरकारले सबैदललाई मिलाउन नसकेकाले यस्को समय छोटिन थालेको दावी गर्नुभयो ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae