Sahara Sansar

Monday, April 18, 2011

नवलपरासीमा थारु समुदायको कन्तरी पूजा सुरु

बिष्णु गौडेल
 बैशाख ६ नवलपरासी। थारु संस्कृतिमा लोप हुन लागेको कन्तरी पूजा नवलपरासीका बिभिन्न स्थानमा सोमबार  (पूर्णिमाबाट ) सुरु गरिएको छ  । यो पुजा  पुरानो एवं महत्वपूर्ण पर्वको रुपमा मानिन्छ । यो पूजा पछिल्ला दिनहरुमा आएर संरक्षण संबर्दन हुदैं आएको छ । यस वर्ष  पुर्णिमा  ( सोमबार ) रजहरबाट शुरु भएको   कन्तरी पुजा वैशाख २० गते औंशीमा प्रसौनीमापुगेर टुगिंनेछ ।

हरेक पटक हुने पूजा यसै गरि हुने गर्दछ । १५ दिन सम्म गरिने कन्तरी पूजा नवलपरासीको रजहरको कृर्तिपुर इन्द्रश्वास थानमा, देउचुलीको देउचुली देविमा, पिठौलीको कुढौली जमुडा थान, गडिवान कुश्नहरी बुढौली कुना थानमा पूजा गरिन्छ । यसैगरि मुकुन्दपुरको मालपुर देविस्थान सिखौली बासिनीथान, कावासोतीको रामसिंहराजथान, भगवती साँडेथान, अग्यौलीको डण्डा देविस्थान, मदनपुर पाँचपाण्डवथान, कोल्हुवा र प्रसौनीको कोलकट्टा जमुनिया थानमा कन्तरी पूजा गरिने गरिन्छ ।

थारु सम्प्रदायमा कन्तरी पूजाको शुरु ८ सय वर्ष पहिलाबाट शुरु भएको इतिहास पाईएको छ । यसको संरक्षण सम्बर्दन नहुँदा त्यती प्रचलनमा आउन सकेको छैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae