बैशाख ६ चितवन। चितवनमा अझै साँढे ४ प्रतिशत वालवालिका स्कुल वाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी ५ हजार ९६ विद्यार्थी विद्यालय वाहिर रहेको जनाएको छ । चितवनमा एक लाख ९ हजार ४ सय १२ विद्यार्थी विद्यालय तहमा अध्ययन गर्दै छन् ।
विद्यालय वाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण गराउन विद्यालय भर्ना अभियान शुरु गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी गोपाल कृष्ण पौडेलले वताउनु भयो । उहाँले विद्यालय वाहिर हुने वालवालिकाहरु ग्रामिण पहाडी क्षेत्रका जनजाती तथा आदिवासी रहेका पनि कार्यक्रममा जानकारी दिनु भयो ।
विद्यार्थी भर्ना अभियान अन्र्तगत वैशाख १४ गते सम्म विद्यालयमा आउने विद्यार्थीको भर्ना गरिने, वैशाख १५ गतेबाट स्कुल नआएका वालवालिकाको खोजी अभियान गरेर विद्यालयमा भर्ना गरिने पनि पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
0 comments:
Post a Comment