Sahara Sansar

Monday, April 18, 2011

बसको ठक्करबाट ९० बर्षिय बृद्धा मृत्यु

 बैशाख ६ पर्वत । पोखरा बाग्लुङ राजमार्ग अन्तरगत पर्वतको चुवा सडक खण्डमा सोमबार  दिउँसो आइचर बसको ठक्करबाट ९० बर्षिय बृद्धा मृत्यु भएको छ । मृत्यु हुनेमा चुवा ५ की ९० बर्षिय विष्णुमती पाध्या रहेकी छिन् । घाइते पाध्याको पर्वत अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

यसैबीच पोखराबाट  बिरामीहरु लिएर पोखराबाट बाग्लुङ तर्फ फर्कदैै गरेको ग १ च २६४२ नम्बरको एम्बुलेन्स कास्की र पर्वतको सिमानामा पर्ने नयाँपुल क्षेत्रमा आज  दिउसो १ बजे दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae