यम चौलागाई
बैशाख ५ सिन्धुली। सिन्धुलीको कमलामाइ नगरपालिका–६ निवासी राधा थोक्करले जिल्ला कृषि विकास कार्यालय प्रमुख इश्वरीप्रसाद यादवले कार्यकक्षमा नै आफुमाथि हातपात गरेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।
थोक्करले प्राङ्गारिक कृषि सहकारी संस्थाबाट सिंचाइका लागि पाइप माग्न जा“दा कार्यालय प्रमुख इश्वरीप्रसाद यादवले गाली गलौज गरि हातपात गरेको बताउनुभएको छ । दुव्र्यवहार गर्ने कार्यालय प्रमुख माथि कडा कार्वाही हुन पर्ने उहाँको भनाई छ ।
उहाँले यादवले हातपात गर्दा आफ्नो हातको चुरा फुटेको तथा घाउ चोट लागेको बताउनु भएको छ । कृषि विकास कार्यालयका अर्का एक कर्मचारीका अनुसार साना सिंचाइ अन्र्तगतको कृषि समितिमा पहिला कृषक धनमा“या श्रेष्ठ सदस्य रहेको र कार्यालय प्रमुख यादब जिल्ला छाडेर बाहिर गएको बेलामा निमित्त कार्यालय प्रमुखले थोक्कर लाइ सदस्यमा नियूक्ति गरेपछि विवाद सुरु भएको थियो ।
कार्यालय प्रमुख यादव जिल्लामा फर्किनासाथ पुरानै सदस्य श्रेष्ठलाई कायम गरेका गर्नु भएको ती कर्मचारीले जानकारी दिए ।
यस सम्बन्धमा कार्यालय प्रमुख यादवले आफ्नो सदस्य कायम हुनुपर्छ भन्दै थोक्करले अन्य महिलाहरु पनि ल्याएर आफुलाई जुत्ताको माला लगाउन आँटेपछि कार्यालयबाट भागेर जिल्ला प्रशासनको शरणमा पुगेर बँचेको बताउनु भयो । भागेर आफु दुव्र्यवहार हुन बचेँ, उहाँले भन्नुभयो, ‘ कसलाइ दुव्र्यवहार भयो, मलाइ थाहा छैन् ।’
दुवैपक्षलाइ राखेर छलफल गरि दोषिलाई कानुन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले बताउनुभयो ।
0 comments:
Post a Comment