बैशाख ६ काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विद्रोह गरी सभासद सन्जय साहले गठन गरेको मधेस क्रान्ति फोरम नेपालले संविधानसभाको म्याद फेरि कुनै पनि हालतमा थप्न नदिने स्पष्ट पारेको छ । सो पार्टीले सोमबार प्रधानमन्त्री झलनाथ खनाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै त्यस्तो स्पष्ट पारेको हो ।
ज्ञापन पत्रमार्फत मधेस क्रान्ति फोरम नेपालले जवरजस्ती संविधासभाको म्याद थपे त्यसको कडा प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ । ज्ञापनपत्रमार्फत सो पार्टीले समग्र मधेस एक प्रदेश हुनु पर्ने, कार्यकारी प्रमुखको निर्वाचन जनताद्धारा प्रत्यक्ष रुपमा गराउनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्नु पर्ने, नेपाली सेनामा मधेसीको समूहगत प्रवेश गराईनु पर्ने, भ्रष्टाचारी र हत्यारालाई मृत्यू दण्डको ब्यवस्था गर्नु पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने, प्रमुख जिल्ला अधिकारको चयन यूवाहरुको प्रत्यक्ष प्रतिष्पर्घा मार्फत गराईनु पर्ने, सर्त राखेर विदेशीलाई पनि नागरिकता दिनु पर्ने स्पष्ट पारेको छ । उसले आफ्ना मागहरुलाई बेवास्ता गरिए कडा आन्दोनल गर्ने चेतावनी पनि दिएको छ ।
ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका संयोजक साहले अहिलेसम्मको परिवर्तन जनताकोलागी भन्दा पनि केही ब्यक्ती र दलका नेताहरुको लागि मात्रै भएको भन्दै आफूहरुको आन्दोलन त्यस्ता राजनीतिक दल र नेताहरुप्रति लक्षित रहेको बताउनुभयो ।
0 comments:
Post a Comment