धम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनवाट नेपालमा वार्षिक १५ हजार मानिसको ज्यान जाने गरेको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द«ले सन् २००६ देखि गरेको सर्वेक्षणको आधारमा सो तथ्य फेला परेको हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द« र जिल्ला स्वास्थ्य कार्याल्य इलामले संयुक्त आयोजना गरेको धुम्रपान तथा सुर्ती सेवन रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मि, सरोकारवाला र संचारकर्मि संगको अन्तरक्रिया कार्यक्रममा केन्द«का जनस्वास्थ्य निरिक्षक भरत वहादुर कुँवरले यस्तो जानकारि दिनुभएको हो ।
कार्यक्रममा उहाँले तथ्याङ्क सार्वजनिक गर्दै वार्षिक रुपमा ९ हजार पूरष र ६ हजार महिलाको ज्यान गरेको वताउनु भयो । कुँवरका अनुसार धुम्रपान तथा सुर्तीजन्य वस्तुवाट प्रत्येक घण्टा २ जना, प्रत्येक दिन ४२ जना, प्रत्येक महिना १ हजार २ सय ५० जना र प्रत्येक वर्ष १५ हजार मानिसको ज्यान जाने गरेको छ । यता १७ दशमलव ४ प्रतिशत डेण्टल विद्यार्थी र २३ दशमलव ६ प्रतिशत मेडिकल विद्यार्थीले धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्को नियन्त्रण गर्नका लागि नेपालमा ७५ प्रतिशत विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि त्यस्मध्ये पनि ९ प्रतिशत विद्यालयलाइ नियन्त्रण गर्न नसकिएको जानकारि दिनुभयो । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि तयार पारिएको मस्यौदा ऐन, कानुन सर्वोच्च अदालतको आदेश तथा धुम्रपान वाट स्वास्थ्य तथा वातावरणमा पर्ने असरको वारेमा जानकारी उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा कुँवरले सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
0 comments:
Post a Comment