Sahara Sansar

Monday, April 18, 2011

ऋण काढेर गाउँमा मोटरबाटो

राजेन्द्र न्यौपाने
 बैशाख ६ गोरखा । गोरखाको दुर्गम विकट गाउँ मान्बुका बासिन्दाले  ऋण काढेर मोटरबाटो गाउँमा पु¥याएका छन् ।गाउँबाट आरुघाट बजार आउन समस्या भएपछि गाउँलेहरु मोटरबाटो खन्न विगत दुई वर्षदेखि लागेका हुन् ।

गरे के हुँदैन र भन्दै उनीहरु साँझ विहान सँधै श्रममा मात्र जुटेनन् आफ्नो घरको भएको सम्पती समेत बाटोमा प्रयोग गरे । मान्बु गाउँबाट धादिङको बसेरी, बुढाथुम हुँदै सल्यानटारसम्म आउन सजिलो बनाएका हुन् । बसेरी देखि मान्बु सम्म २५ किलोमिटर बाटो उनीहरुले खनेको स्थानीय शिक्षक रत्न प्रसाद पुडासैनीले बताउनुभयो ।

२०६६/०६७ मा खनिएको मोटरबाटो,बसेरी गा.बि.स भैसे देखि मान्बु गा.बि.सको वडा नम्बर १ छाप ठोटनेरी भाल्चोक भीर, श्री भवानी उ मा बि, प्रहरी चौकी मान्बु, डोडरेखोला माझगाऊ“ स्वास्थ्य चौकी, श्री चन्द्रोदय नि मा बि, बडा नम्बर ७ को सप्चेत बेशी, पुरानो गा.बि.स भबन, वडा नम्बर ४ को धाम्लीङ, वडा नम्बर ६ स्यमचेत, मान्बु बेशी डा“डाटोल सम्म छ ।

गाउँमा मोटरबाटो त पुगेको छ तर बाटो खनेको ऋण तीर्न भने गाउँलेहरुलाई समस्या परेको स्थानीय नागरिक पत्रकार गणेश दाहालले बताउनुभयो । गाउँ विकास समितिले दिएको २० लाख ६८ हजार ८६० रुपैंयामा गाउँहरुले श्रम बाहेक १५ लाख भन्दा धेरै रकम नगद खर्च गरेका हुन् । गाउँबाट सापटी लिइएको ऋण तिर्न समस्या परेको बसेरी मान्वु काशी गाउँ कृषि सडकका अध्यक्ष अमरसिंह थापाले बताउनुभयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae