Sahara Sansar

Monday, April 18, 2011

खनाल नेतृत्वको सरकार विघटन गरी राष्ट्रिय सरकार बनाउन परिवार दलको माग

बैशाख ६ । नेपाल परिवार दलले प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार जनउत्तरदायी नभएको ठहर गर्दै तत्काल  सरकार विघठन गरी संविधान सभामा प्रतिनिधित्व गर्ने २८ दलकै सहमतिमा नयाँ सरकार निर्माण गर्नु पनै माग गरेको छ ।  केन्द्रीय कार्य समितिको बैठकले खनाल नेतृत्वको बहुमतको सरकारले मुलुकमा विद्यमान समस्या समाधान गर्नुको साटो झन झन जटिल र समस्यग्रस्त बनाएको ठहर सहित त्यस्तो माग गरेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष एकनाथ ढकालले दावी गर्नुभयो ।

बैठकले सरकार निर्माणको क्रममा भएको सात बुँदे सम्झौता अस्पष्ट र सहमतिको बाधक रहेको समेत ठहर गरेको छ । त्यसैगरी बैठकले बर्तमान राजनीतिक गतिरोधको कारण दलहरुवीचको अविश्वास प्रमुख कारक रहेको निश्कर्स सहित नेपाल भित्रकै शक्तिहरुवीच विश्वासको बातावरण निर्माण गर्न समेत सबै राजनीतिक दलहरुसँग आग्रह गरेको छ । बैठकले निर्धारित समयमा संविधान जारी गर्न सबै राजनीतिक दलर संविधानसभाको क्रियाशिलतामा जोड दिदै आगामि जेठ १४ गतेभित्रमै शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य समायोजनको कार्य सम्पन्न गर्नु पर्नेमा जोड दिएको छ ।

परिवार दलले स्थानीय निर्वाचन गर्नुपर्ने, निर्वाचन नहुन्जेल संविधानसभामा प्रतिनिधित्व गर्ने पार्टीको संगठन भएको जिल्लामा सबैलाई समेटेर संयन्त्र निर्माण गर्नु पर्ने, भुटानी शरणार्थी समस्या समाधान गर्नु पर्ने, एक चिन नीति प्रति ठोस प्रतिबद्धता आउनुपर्ने, शान्ति सुरक्षमा सुधार गर्नु पर्ने, एमआरपी वितरणलाई सहज बनाउनुपर्ने, प्रहरी प्रशासनमा देखिएको राजनीतिक हस्तक्षेप अत्य गर्नु पर्ने, आन्दोलनरत समूहसँग वार्ता गर्नु पर्ने, विभिन्न समूहसँग गरेको सहमति कार्यान्वयन गर्नु पर्ने, माग पनि अगाडि सारेको छ ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae