कूल तामाङ् वैशाख ६ काठमाडौँ । व्यवस्थापिका-संसदको आजको बैठक चार जना सभासद्को अवरोधका कारण निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय माचकी रुक्मिणी चौधरी दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सभासद् सद्रुल मिया हकले सरकारले आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै रोष्ट्रमअगाडि १० मिनेट नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो ।
सभामुख सुवास नेम्वाङले नाराबाजीका बीच संसदमा उठाइएका मागप्रति सरकारको ध्यानाकर्षण भइसकेको र महत्वपूर्ण विषयहरुमा छलफल गर्नुपर्ने भएकाले आ-आफ्नो स्थानमा बसी सहयोग पुर् याउन पटकपटक आग्रह गर्नुभएको थियो ।
बैठकको प्रारम्भमा चार असन्तुष्ट सभासद्का तर्फबाट सङ्घीय लोकतान्त्रिक राष्ट्रिय माचकी रुक्मिणी चौधरीले समय माग गर्दै आदिवासी जनजाति महिला मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायको माग सुनुवाइ नभएको भनी सरकारको आलोचना गर्नुभयो ।
उहाँले आफूहरुले उठाएका माग पूरा नभएसम्म संसदको कारबाही अघि बढ्न नदिने बताउनुभयो ।
आजको बैठकमा उपप्रधान एवम् कानुन तथा न्यायमन्त्री कृष्णबहादुर महराले अपराध संहिता २०६७फौजदारी कार्यविधि संहिता २०६७ र फौजदारी कसुर संजाय निर्धारण तथा कार्यान्वयन विधेयक २०६७ प्रस्तुत गर्ने कार्यक्रम थियो ।
व्यवस्थापिका-संसदको अर्का बैठक यही वैशाख ९ गते शुक्रबार दिनको ३ बजे बस्नेछ ।

0 comments:
Post a Comment