Sahara Sansar

Monday, April 18, 2011

एमालेको सल्लाहकार परिषद्द्द्वरा पार्टीका नेताहरुलाई जथाभावी नबोल्न सचेत

बैशाख ६ काठमाडौं ।नेकपा एमालेको सल्लाहकार परिषद्ले अरु दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सल्लाह दिएको छ । प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा बसेको बैठकमा परिषदले माओवादीसँगको सहकार्य कायम राख्दै कांग्रेसलाई पनि सरकारमा ल्याउन सुझाव दिएका छन् ।

देशमा शान्ति सुरक्षा खस्केको भन्दै परिषदले पार्टीका नेताहरुलाई पनि जथाभावी नबोल्न सचेत गराएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाललाई निष्काशन गर्ने नेता केपी शर्मा ओली र खनालले आयोजना गरेको चियापान बहिष्कारपछि वरिष्ठ नेता माधब कुमार नेपालले लिएको अभिव्यक्तिप्रति परिषदले गम्भीरता प्रकट गरेको हो । 

गृह मन्त्रालयको विवादवारे विभिन्न नेताहरुवाट आएको फरक फरक धारणा बारेपनि वैंठकमा छलफल भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae