Sahara Sansar

Monday, April 18, 2011

कंचनपुरमा झाडापखलाका कारण एकको मृत्यु, ७० प्रतिशत विरामी

बैशाख ६  कंचनपुर।  बढ्दो गर्मीसंगै फैलिएको झाडापखालाका कारण कंचनपुरमा एक जनाको ज्यान गएको छ। कंचनपुरको सुडा ७ ओझाखाली मुक्त कमैया बस्तीमा बस्ने लौटन डंगौराको सोमबार  बिहान झाडापखालाका कारण ज्यान गएको हो । 

झाडापखालाबाट ग्रसित डगौराको आज बिहान उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा ज्यान गएको अस्पतालका डाक्टर सम्भु देवकोटाले वताउनु भएको छ । साथै केही दिन यता कंचनपुर लगायत आसपासका क्षेत्रमा फैलिएको झाडापखालाका कारण बिरामी पर्नेहरुको संख्या बढि रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । झाडापखालाका कारण दैनीक १०÷१५ विरामी उपचार गराउन अस्पताल आउने गरेको अस्पताल श्रोतले जनाएको छ । 

अस्पतालका अनुसार महाकाली अंचल अस्पतालमा विरामी भई उपचार गराउन आउने विरामीमध्ये अधिकांस झाडापखालका ७० प्रतिशत विरामी रहेका छन् । 


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae