Sahara Sansar

Friday, April 15, 2011

चाहेअनुरुपको संविधान नबनेमा जनविद्रोहमा जाने उपाध्यक्ष वैद्यको भनाइ

 बैशाख २ पोखरा।  एकीकृत नेपाल कम्युनिष्ट पार्टी माअ‍ोवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले आफुहरुले चाहेअनुरुपको संविधान नबनेमा जनविद्रोहमा जाने बताउनुभएको छ । माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखरा, नेपालको प्रथम साधारणसभा उद्घाटन गर्दै उपाध्यक्ष किरणले आफूहरुले जनआन्दोलनको भावनाअनुरुपको संविधान चाहेको र त्यस किसिमको संविधान नबनेमा एनेकपा माओवादी जनयुद्धमा जान पनि पछि नपर्ने धारणा राख्नुभएको थियो ।

उपाध्यक्ष किरणले नेपालको पछिल्लो राजनीतिक परिस्थिति एकदमै जटिल अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । उहाँले जेठ १४ भित्र संविधान बन्न नसक्ने बताउनुभएको थियो । “संविधान सभाका सभामुख र जिम्मेवार दलहरु नै संविधान बनाउन तत्पर छैनन” उहाँले भन्नुभयो,“आफुहरु आफ्नो जिम्मेवारीबाट पन्छिने अनि दोषजति माओवादी पार्टीलाई दिइरहेका छन् ।”उहाँले माओवादीले जनताको समस्याहरुको संवोधन हुने खालको संविधान चाहेको बताउनुभयो ।

उपाध्यक्ष किरणले नयाँ संविधान जनताको संविधान हुनुपर्ने र नयाँ बनाउने नाममा पुरानै खालको संविधान बन्न नहुने धारणा व्यक्त गर्नुभएको थियो । संविधान बनाउन प्रायः बुँदाहरुमा छलफल भइसकेको छ र अहिले तीन महत्वपूर्ण बुँदामा छलफल भइरहेको उपाध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae