Sahara Sansar

Friday, April 15, 2011

राष्ट्रपतिसँग भुटानी प्रधानमन्त्रीको भेट

बैशाख २ काठमाडौं ।  नेपाल भ्रमणमा रहनुभएका भुटानी  प्रधानमन्त्री जिग्मे वाई थिन्ले शुक्रबार राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका क्रममा नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया, दुई देशबीचको आपसी सम्बन्ध र भुटानी शरणाार्थी फिर्तिबारे छलफल भएको थियो ।

 प्रधानमन्त्री थिन्लेले प्रधानमन्त्री झलनाथ खनालसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँ तीन दिने भ्रमणका लागि हिजो काठमाण्डु आइपुग्नु भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae