Sahara Sansar

Friday, April 15, 2011

सिमा सुरक्षा तथा वन फडानी नियन्त्रणमा सशस्त्र प्रहरी बलले सक्रियता देखाउनुपर्ने सरोकारवालाको जोड

गणेश घिमिरे
 बैशाख २ इलाम।इलामको सिमा सुरक्षा र वन फडानी तथा काठ तस्कर नियन्त्रणका लागि इलाम स्थित सशस्त्र प्रहरी बलले सक्रियता देखाउनु पर्नेमा इलाम स्थित सरोकारवालाले जोड दिएका छन् । सिमा क्षेत्र पछिल्लो समयमा कमजोर भइरहेको अवस्थामा यसलाई मजबुद बनाउने जिम्मा सशस्त्र प्रहरीको काँधमा थपिएकोले प्रहरीलाई साथ दिन इलामे जनता सधै तत्पर रहने समेत जनाएका छन् । श्री अन्तु गुल्मस्थित सशस्त्र प्रहरी बल इलामले शुक्रबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व सभापति हिमालय कर्मचार्यले इलाममा सशस्त्र प्रहरी बल स्थापना भएपछि यहाँका जनताले शान्ति सुरक्षाको महसुस गरेकोले अबका दिनमा यहाँको शान्ति सुरक्षालाई मजवुद बनाउनका लागि नेपाली काङ्ग्रेससहित इलामे जनताको सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी रेडियो नेपालवाणी एफएम इलामका स्टेशन म्यानेज विजयशेखर भट्टराईले सिमा क्षेत्रमा हुने आपराधिक घटना र अवैध सामग्री निकासी नियन्त्रण गर्नका लागि अझ बढी सक्रियता देखाउन आग्रह गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae