Sahara Sansar

Friday, April 15, 2011

शरणार्थी समस्या समाधानमा नेपालले द्धिपक्षीय छलफल गरे शरणार्थीमाथि कुठाराघात हुन्छः भुटानी नेताहरु

बैशाख २ काठमाडौं ।  नेपालमा शरणार्थी जीवन विताईरहेका भुटानी शरणार्थी नेताहरुले शरणार्थी समस्या समाधान गर्ने नाममा नेपालले भुटानसँग द्धिपक्षीय गरे त्यो शरणार्थीहरुकालागी कुठाराघात हुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षत्कारमा भुटानी मानवअधिकारबादी नेता टेकनाथ रिजालले भुटानी शरणार्थी समस्या नेपाल र भुटानको द्धिपक्षीय समस्या नभई क्षेत्रीय समस्या भएकोले यसलाई समस्या समाधानकोलागी क्षेत्रीय रुपमै बार्ता गर्नु पर्ने बताउनुभयो । 

भुटानी शरणार्थीको आन्दोलन स्वदेश फिर्ती मात्रै नभई भुटानमा प्रजातन्त्र र मानवअधिकारको समेत बहालीको लागी भएको भन्दै यसलाई भारतले वास्ता नगर्नु आश्चर्यजनक भएको बताउनुभयो । उहाँले नेपालले भुटानी शरणार्थीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर भुटानमाथि दवाव बनाउँने सहजकर्ताको रुपमा भूमिका खेल्नु पर्ने भन्दै नेपालले समस्या समाधानमा मध्यस्त कर्ताको भूमिका नखेल्ने हो भने फेरि ८० हजार भुटानीलाई शरण दिन तयार हुनु पर्ने चेतावनी दिनुभयो । रिजालले भन्नुभयो– भुटान सरकार अझै ८० हजार नागरिकलाई खेद्ने तयारीमा छ । 

भुटानी प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग समस्या समाधानको लागि बार्ता थाल्ने भनि गरेको प्रतिबद्धता प्रति आशंका ब्यक्त गर्दै प्रधानमन्त्री थिन्ले शरणार्थी फर्काउने भन्दा पनि आलोचनाबाट बच्न सहमति गर्दै हिडेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो– हामिलाई भुटानी प्रधानमन्त्री थिन्ले प्रति विश्वास छैन । उनी समस्या समाधान गर्न र आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहदैनन् ।  शरणार्थी नेता बलराम पौडेलले नेपालले भारत,भुटान र शरणार्थीवीचको त्रिपक्षीय बार्ताकोलागी मध्यस्तकर्ताको भूमिका मात्र खेल्नु पर्ने भन्दै नेपालले द्धिपक्षीय बर्ता गरे त्यो भुटानी शरणार्थीमाथि फेरि अर्को कुठाराघाट हुने चेतावनी दिनुभयो । नेपाल शरण दिने भूमिमात्रै भएको भन्दै नेपालको त्यसमा निर्णायक भन्दा पनि मध्यस्तकर्ताको भूमिका हुने उहाँको तर्क थियो । 

तेस्रो मुलुक पुर्नस्थापनाले शरणार्थी समस्याको समाधान नहुने भन्दै उहाँले स्वदेश फिर्तीनै सबैभन्दा उपयूक्त विकल्प भएको स्पष्ट पार्नुभयो । नेपालमा भ्रमणमा रहेका भुटानी प्रधानमन्त्रीले द्धिपक्षीय बार्ता गर्छु भनि प्रतिबद्धता ब्यक्त गर्नु उनको फेस सेभिङ्गमात्रै भएको भन्दै भुटान यो मामिला सुल्झाउने पक्षमै नरहेको दावी गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae