भगवान खनाल गोरखा ।
नगरनिवासी रामकुमारी परियारका शब्दलाई सापट लिएर शीर्षक चयन भएको छ । नगरपालिका १ हटिथोककी परियार पानी नपाउने समस्याले भन्न बाध्य छिन्, गोरखा “नाममात्रैको नगरपालिका” हो । लेखको गोरखा शब्दले जिल्ला सूचक नभई नगरपालिकालाई बुझाउँछ ।
तीनवटा गाविसहरु तारानगर, गोरखकाली र रानीस्वाँरालाई जोडेर तत्कालीन अवस्थामा पृथ्वीनारायण नगरपालिका वि सं २०५४ मा घोषणा गरिएको थियो । यद्यपी योे नामलाई परिवर्तन गरी संंविधान सभा निर्वाचनपछिको माओवादी नेतृत्वको सरकारले गोरखा नगरपालिका बनाएको थियो ।
यसले गर्दा मुकामको नामपनि गोरखा, जिल्ला पनि गोरखा र हुदाहुदै नगरपालिका पनि गोरखानै चिनिएको छ । गोरखाको मानिस मुकामजादा गोरखा जादैछु भन्छ । हो यो १३ वर्षको दर्वियानमा पनि गोरखा नगरपालिकाको चरित्र नामै मात्र हो भन्दा अतियुक्ती नहोला, शायदै । नगरपालिका हुनुभन्दा अघि र पछिको अवस्था विश्लेषण गर्दा विकासको गति उस्तै छ । तर केहीनैनभएको भन्न खोजिएको हैन । नगरपालिका घोषणा गर्दा चाहिने केही मापदण्डबाहेक अन्य उल्लेख्य विकास भएको पाइँदैन ।

सडक गोरखा नारायणगढ राजमार्ग भनेर चिनिने (गोरखा–आँबुखैरेनी सडकखण्ड÷अमरसिंह राजमार्ग) पक्की बन्नु बाहेक नगरपालिका बनेपछि ०६७ सालमा मात्र लगभग सात किलोमिटर पक्की सडक थपिने कार्य भयो । बर्षोदेखिको पक्की सडकमा चानचुन सात किलोमिटर पक्की बनाउने कार्य ०६७ मा भएको हो । दरबारजाने सतिपिपलमा र छेपेटारमा पिच रोड थपिएको हो । हिजो गाविस हुदा जति पक्की सडक थियो त्यहीनै अवस्था थियो । पछिल्लो समय मानिसले सडकनै विकासको कडी
हो भन्ने बुझेपछि नगरपालिकाभित्र केही किलोमिटर कच्ची सडक खन्ने काम भएको छ ।
नगरक्षेत्रमा अझै नगरबाटोहरु पुगिरहेका छैनन् । मुकाम मुनिका खेतहरुमा अझै सडक रेखा कोर्नु आवश्यक छ । सडक नहुनाले नगरभित्रका कतिपय वस्तीहरु विकट लाग्छन् । दूरका गाउँहरु भन्दा कम आकर्षक छन् । घर उता नगरपालिकाको नियम र मापदण्ड अुनसार घरको नक्सा पास गरी घर बनाउने काम शून्य छ । यस्तो हुननसकेकोले नगरको सौन्दर्य खासगरी बजारहाताभित्रका घरहरुले बिगारेको आरोप लाग्ने गरेको छ । नगरका गाउँमा त यसको कल्पना पनि नगरौं । आजसम्म नगरपालिकाले यसमा कडाइ गर्न सकिरहेको छैन,भलै हालका कार्यकारी अधिकृत कीर्तनराज पौडेलले भने केही चासो राखेका छन् । नक्सा पास गरे कर तिनुपर्छ भन्ने छ नागरिकलाई । नागरिकले राज्यलाई कर नतिरे कसले तिर्छ ? नगरपालिकाले यसमा कडा हुन आवश्यक छ । वस्ती कहाँ बसाउने भनेर नगरपालिकाले योजना बनाएको पाइदैन । राजमार्गहातामा पहिलेको तुलनामा ठूला घरहरु देखिएपनि भित्री गाउँहरुमा यस्तो पाइदैन ।
यसले नगरपालिकाको छनक दिन सकेको छैन। नगरबस नगरपालिकाभित्र अहिलेसम्म नगरबस संचालन गर्न सकिएको छैन् । पहिलो नगर प्रतिनिधिमण्डलले नगरबसको लागि गरेको एउटा प्रयास असफल भएको थियो । एक वा दुई दिन चलेर सो सेवा बन्द गराउन बाध्य भयो । यसपछाडि यो कुरा उठीरहेको छैन् । नगरबस चल्न नगरभित्रका सडक(हाइवेबाहेक)विस्तार हुन अति आवश्यक छ । रुटको व्यवस्थापन गरी नगरबस चलाउनु पर्छ । गोरखामा अहिले पृथ्वी राजमार्ग का करिब एकसय र गोरखा यातायातका करिब साठीबटा सवारीहरु छन् । यसले नगरसंजालमा गाडीको पहुँच पु–याउन सकिरहेको छैन । कार्यकारी प्रमुखको ध्यान यसमा जानुपर्छभन्ने अपील यही लेख मार्फत गर्दछु ।

शैक्षिक संस्था
हिजो रहेका एक आंगिक र अर्को सम्बन्धनप्राप्त क्याम्पसनै नगरपालिकाका ठूला र उच्च शैक्षिक संस्था हुन् । यी दुवैमा अहिले स्नातकोत्तर तहको पढाइ संचालन भएको छ । यस्तै नगरपालिका पाँचवटा माध्यामिक विद्यालयहरु उच्च माध्यामिक तहमा रुपान्तरित भएका छन् ।
अवस्था यस्तो भएपनि प्राविधिक विषयको पढाइमा कमी देखिन्छ ।

खानेपानी नगरको बजारहाता पानीको मुख्य समस्यामा छ । करौडौंका तीनवटा ठूला योजनाहरु रहेपनि मुल, इनार, ढुंगेधारानै खानेपानीका प्रमुख श्रोत बनेका छन् । घरमै धारा खोलेर पानी खानु सपना बनेको छ ।
व्यापार
नगरको मुख्यबजार हाता हरमटारी, वसपार्क, ठूलोआँगनमा व्यापारमा दिनहुँ कमी देखिएको छ । खासगरी खाद्यान्न र लत्ताकपडाको व्यापार मुकाममा घटोत्तरी हुदै गएपनि प्राविधि चिजवस्तु, इन्धन, होटल,आभूषण पसलभने राम्रै छ । फोहोर व्यवस्थापनमा पनि नगरपालिका सक्षम भएजस्तो लाग्दैन । गाडी पार्किङ पनि जटिल बनेको छ । राजमार्गमा गाडी धुदाँ अप्ठेरो भएको नत ट्राफिक प्रहरीलाई मतलब छ नत नगरपालिकालाई । यातायात व्यवसायीहरु धोइरहन्छ र उनीहरु नै उल्टै असुविधा भयो भनि कराउँछन् पनि ।
0 comments:
Post a Comment