Sahara Sansar

Friday, April 15, 2011

काङ्ग्रेसले शान्ति र संविधानका लागि जागरण अभियान सन्चालन गर्ने

बैशाख २ काठमाडौं । नेपाली काङ्ग्रेसले शान्ति र संविधानका लागि जागरण अभियान सन्चालन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैशाख ११ गतेदेखि जेठसम्म ६ गतेसम्म जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसले समयमा शान्ति र संविधान निर्माणको प्रक्रिया सम्पन्न गर्नका लागि जनदबाब सिर्जना गर्न यस्तो कार्यक्रम गर्न लागेको नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । जागरण अभियान विभिन्न क्षेत्र र जिल्लामा आयोजना गरिने छ । पोखराबाट सुरु हुने जागरण अभियान, झापा, सर्लाही, रुपन्देही, दाङ, महेन्द्रनगर हुँदै काठमाडौंमा आएर सम्पन्न हुने काङ्ग्रेसले जनाएको छ ।

यसैगरी आजको बैठकमा शान्ति प्रक्रियाका सम्बन्धमा नेता शेरबहादुर देउवाले छलफलका लागि मस्यौदा प्रस्तुत गर्नुभएको छ । केन्द्रीय नेताहरुले शान्ति प्रक्रियाका मस्यौदालाई अध्ययन गरेपछि भोलि बिहान बस्ने बैठकमा छलफल गरिने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो ।

 बैठकमा शान्ति सुरक्षाको अवस्थाबारे पनि छलफल भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae