Sahara Sansar

Friday, April 15, 2011

छोरी नै छोरी पाएको भनेर निकाला

रमा कार्की
 बैशाख २ सिन्धुली। महोत्तरी जिल्ला खयरमारा गाविस वडा नं. ८ निवासी देवकुमारी कार्कीलाई छोरा नपाएको भन्दै श्रीमान् र सासुले घरबाट निकालेका छन् । पाँचवटी छोरी नै छोरी भएपछि श्रीमान् शङ्करबहादुर कार्कीले छोरा नपाएको भन्दै कुटपिट गर्ने र मानसिक तनाव दिदै आएका भए पनि विगत तीन दिनअघि खेती घरबाटै निकालेका छन् ।

दुई महिनाकी सुत्केरी देवकुमारी काखकी छोरी र ७ बर्षिया माहिली छोरी सरितालाई साथमा लिएर साहरा माग्दै आज सिन्धुली पुग्नुभएको छ । उहाँ बेसहारा बनेर दुईटी छोरी लिएर भौँतारिरहेको अवस्थामा भेटेर ग्रामीण महिला चेतना केन्द्र भिडब्लु सिसिले अहिले माझीटार स्थित होटलमा राखेर खाने बस्ने व्यवस्था मिलाएको छ ।

सामुदायिक सेवा केन्द्र सिन्धुलीमार्फत् महोत्तरी प्रहरी कार्यालयमा खबर गरिसकिएको र उहाँको श्रीमान् शङ्कर कार्कीलाई सिन्धुलीमै झिकाएर विस्तृत जानकारी लिएर देवकुमारीलाई न्याय दिलाउन आफनो संस्थामार्फत् सक्दो सहयोग गर्ने संस्थाकी सचिव सान्त्वना सुनुवारले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae