Sahara Sansar

Wednesday, April 6, 2011

बायोइन्जिनियरीङ तालिम मुस्ताङमा सम्पन्न

चन्द्रश्वर बस्ताकोटी
 चैत २३ मुस्ताङ।नेपालको ग्रामीण बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ) मुस्ताङमा ६ दिने बायोयन्जिनियरीङ तालीम सम्पन्न भएको छ । मुस्ताङ एव मनाङका आरआरआरएसडिपिका इन्जिनियर तथा सब इन्जिीनियरहरुलाई उपलब्ध गराइएको तालीम आयोजना सम्वन्वय इकाई पिसीयु र केन्द्रीय कार्यान्वयन सहयोगी इकाई सिआइएससीले आयोजना गरेका हुन ।

सडकमा वायोइन्जिनीयरीङको आवश्यकता र उपयोगीता सम्वन्धि सैदान्तिक एव प्रयोगात्मक तालीम उपलब्ध गराइएको प्रशिक्षार्थी इजिनियर अमर कुमार श्रेष्ठले बताए । पिसीयुका वातावरण इन्जिनियर जगन्नाथ तिवारी, सिआईएससीका बायोइन्जिनियरीङ बिषेशज्ञ इश्वर सुनुवार, श्रोतब्यक्ति भुगोलबिद नवराज न्यौपाने लगायतले प्रशिक्षण दिनु भएको थियो ।

उक्त तालीममा मुस्ताङका आयोजना प्रमुख इन्जिनियर प्रदिप बहादुर सिह यादब, जिबिसका इन्जिनियर सकलदेव शर्मा, डिआईएसटीका इन्जिनियर अमर कुमार श्रेष्ठ, डिपिओका इन्जिनियर बिश्वरञ्जन मिश्र, डिआईएसटीका इन्जिनियर रबिन दहाल,  डिपिओका सबइन्जिनियर बिनोद केसी तथा मनाङ डिआईएसटीका इन्जिनियर अब्दुल मिया, डिआईएसटीका इन्जिनियर सुरेन्द्र यादब र डिपिओका सबइन्जिनियर भरत सिह यादब गरि ९ जना प्रशिक्षार्थी सहभागी थिए ।

वायोइन्जिनियरीङको तालीम प्राप्त प्रशिक्षाथीहरुले जिल्लामा बिकाससगै हुने बिनासलाई रोक्न महत्वपुर्ण भुमकिा खेल्ने बिश्वास लिईएको प्रशिक्षाथी डिआईएसटीका इन्जिनियर अमर कुमार श्रेष्ठले बताए । बिकाससगै बातावरणमा पर्ने प्रभाबकम गर्न आफुहरु प्रयत्नसिल रहने अर्का प्रशिक्षाथी डिपिओ मुस्ताङका इन्जिनियर बिश्वरञ्जन मिश्रले बताए । जैबिक बनस्पतीको एकल वा सिभिल इन्जिनियरीङसग सम्युक्त प्रयोगबाट भुक्षय रोक्नु नै तालीमको उद्देश्य रहेको मीश्रको भनाइ छ ।

चैत्र १७ गते देखि शुरु भएको तालीम समापनको सभापतित्व स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी र सचालन डिपिआ मुस्ताङका सबइन्जिनियर कृष्ण प्रसाद उपाध्यायले गरेका थिए ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae