Sahara Sansar

Wednesday, April 6, 2011

पाल्पाबाट तीन अझै वेपत्ता


मिलन विश्वकर्मा चैत २३ पाल्पा
सशस्त्र द्वन्द्वको समयमा पाल्पा जिल्लाबाट वेपत्ता भएका तीन जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । वेपत्ता हुनेमा पाल्पा बन्दीपोखरा ५ का वन कार्यालय बल्ढेङ्गढी रेन्जपोष्टमा कार्यरत बन रक्षक शिववहादुर गोदार, पाल्पा मुझुङ् १ का मीनबहादुर कार्की र कारागार शाखा पाल्पाका कार्यालय सहयोगीमा कार्यरत पाल्पा बन्दीपोखरा ९ का ध्रुवबहादुर थापा रहेको शान्ति समिति पाल्पाका स्थानिय शान्ति समिति पाल्पाका सचिव दामोदर घिमिरेले बताउनुभएको छ ।

गोदार २०५५ माघ १४ गते, कार्की २०६१ चैत्र २५ गते र थापा २०६३ असार ९ गतेदेखि वेपत्ता भएको भनी परिवारले जानकारी दिएको घिमिरेले बताउनुभयो । स्थानीय शान्ति समितिको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वकालको अवधिमा ९८ जनाको मृत्यु, ३ वेपत्ता, ३० अपाङ्ग, यातना पाएका १७ जना, कैद हिरासत वा अपहरणमा परेका ९५ जना, व्यक्तिगत सम्पत्ती लुटिएका वा कब्जामा लिएका ८० जना, सरकारी सम्पत्ती क्षती भई पुर्ननिर्माण भइरहेका ५७ तथा विस्थापित परिवारको संख्या १८ र द्वन्द्वपीडित वालबालिकाको संख्या ६४ जना रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae