Sahara Sansar

Wednesday, April 13, 2011

समयमै लोकतान्त्रिक संविधानको निर्माण सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरुलाई राष्ट्रपतिको आग्रह



वैशाख १ काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादवले मुलुकको आर्थिक प्रशासनिक र सामाजिक क्षेत्रमा बाक्लिदै गएको अन्योल र अनिश्चयको बादललाई अरु घनिभूत हुन नदिने उपाय शान्तिप्रकि्रयाको सार्थक निरुपण र लोकतान्त्रिक संविधानको निर्माण नै हो भन्दै उपर्युक्त कार्य समयमै सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति डा.यादवले नव वर्ष २०६८ को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उक्त कुरा बताउनुभएको हो ।

सन्देशमा उहाँले संविधानसभामा आज नेपालीको भावना र चाहनालाई प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरु जनताको यस्तो अभिलाशा परिपूर्ति गर्ने दिशामा गम्भीर हुनेछन् भन्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति डा.यादवले सन्देशमा नव वर्षको प्रथम विहानीमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति सद्भाव र आपसी भाइचारा अभिवृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै यो नयाँ वर्ष मुलुक र आम नेपाली जनतालाई सुनिश्चितता र समृद्धिको दिशा प्रदान गर्न सफल होस् भनी विशेष कामना गर्नुभएको छ ।

उहाँले नयाँ संविधान बनाई २०६२÷०६३ को जनआन्दोलनका उपलब्धिहरु गणतन्त्र सङ्घीयता शान्ति सुव्यवस्था र लोकतान्त्रिक पद्धति एवम् सरकारलाई दुई वर्षभित्रै संस्थागत गर्न सफल हुने अपेक्षा राखिएको संविधानसभाले छिट्टै आफ्नो कार्यकालको तेस्रो वर्ष पूरा हुन लागे पनि अब बाँकी रहेको छोटो अवधिको सदुपयोग गर्दै संविधान निर्माण र शान्ति प्रकि्रयासँग सम्बद्ध सबै कार्यहरु संविधानसभाबाटै सम्पन्न हुन सकून भन्ने अपेक्षा नेपाली जनताले अहिले पनि राखेको कुरा सन्देशमा उल्लेख गर्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae