Sahara Sansar

Wednesday, April 13, 2011

पूर्व सेनापति कटवाल 'संयुक्त राष्ट्रिय मञ्च’ नामक नयाँ पार्टी खोल्दै


बैशाख १ काठमाण्डौ। माओवादीलाई सत्ताच्यूत गराउन मुख्य भूमिका खेलेका पूर्व सेनापति रुक्माङ्गद कटवाल पार्टी खोलेर राजनीतिमा आउने तयारी गरेका छन् ।सेनापति छँदै चर्का राजनीतिक टिप्पणी गर्ने कटवाल संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र बिरोधीलाई संगठित गरेर राजनीतिमा आउन लागेका हुन् ।
बिभिन्न साना मोर्चा र संघ-संगठनलाई एकीकृत गरेर कटवालले आफ्नै नेतृत्वमा राजनीतिक मोर्चाको घोषणा गर्दैछन् । लोकतन्त्र दिवसको अघिल्लो दिन अर्थात बैशाख १० गते सुदुरपश्चिमको धनगढीमा संयुक्त राष्ट्रिय मञ्च’ नामक नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।
मञ्चका राष्ट्रिय संयोजकसमेत रहेका कटवालले धनगढीको खुलामञ्चमा मञ्चको घोषणा गर्ने तयारी समिति संयोजक चन्द्र साउदले जानकारी दिए ।

संगठनमा भगौडा प्रहरी र भगौडा माओवादी, राजावादी, धर्मनिरपेक्षतावादी, गणतन्त्र र संघीयता बिरोधी देशभरका करिव १ सय बढी संघसंस्थालाई सहभागी बनाउनल लागिएको साउदले जानकारी दिए ।सेनापतिबाट अबकाश लिएपछि पनि उनले सेनालाई राजनीतिक रंग दिनेगरि बेलाबेला टिप्पणी गर्दै आएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae