Sahara Sansar

Wednesday, April 13, 2011

मुस्ताङमा १ हजारको स्वास्थ्य उपचार

चन्द्रश्वर बस्ताकोटी
 चैत ३० मुस्ताङ । मुस्ताङका बिभिन्न स्थानमा सचालित निशुल्क स्वास्थ्य सिबिरहरु सम्पन्न भएका छन । स्थानिय बासिन्दा र हिन्दु धर्मालम्वीहरुको पबित्र तिर्थस्थल कागबेनी एव मुक्तिनाथ आउने तिर्थयात्रीलाई लक्षित गरि बिभिन्न स्वास्थ्य सस्थाहरुद्धारा सचालित निशुल्क स्वास्थ सिविरहरुमा करिब १ हजार भन्दा बढिले उपचार गराएका छन । रामनवमी एव चैते दशै पर्वसगै तिर्थयात्रीहरु एव स्थानिय बासिन्दाको चाप मुस्ताङको लेतेको धासा, सदरमुकाम जोमसोम, कागबेनी र मुक्तिनाथ बढ्ने देखीए पछि बिभिन्न  स्वास्थ्य सस्थाहरुले निशुल्क सिबिरको आयोजना गरेका थिए ।

“दीगो स्वास्थ्यको आधार आयुर्वेद उपचार” भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङले चैत्र २८ र २९ गते कागबेनीमा निशुल्क स्वास्थ्य सिविर सचालन गर्दै निशुल्क आयुर्वेदीक औषधी उपलब्ध गराएको थियो । कागबेनी तर्पण स्थल नजिकै स्थानिय बासीन्दा र तिर्थालुहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि बिरामीहरुलाई महायोगराज गगुल, योगराज गगुल, तपस्विनी वटी, अभिपत्तिकर, त्रिफला जस्ता औषधीहरु निशुल्क उपलब्ध गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङका कार्यालय प्रमुख डा शोभाराम सुवेदीले बताए । उक्त २ दिने सिबिरमा बाथ, रक्तचाप, अम्लपित्त, चर्मरोग,स्वासकास लगायतका ४ सय १५ जना बिरामीको उपचार गरिएको थियो ।

जिल्ला अस्पताल जोमसोममा करिब १६ जना तिर्थालुहरुलाई लेकलागेर बिरामीहुदा अक्सिजन दिएर उपचार गरिएको बताउदै जिल्ला अस्पतालका प्रमुख डा भोजराज गौतमले भने यो बेला हाम्रो मातहतका केहि स्वास्थ्य चौकीहरुमा एकै साथ निशुल्क स्वास्थ्य शिविर सचालन गर्दा लेकलागेका, रक्तचाप, झाडा पखला लगायतका बिरामीहरुको उपचार गरिएको बताए । कागबेनी स्वास्थ्य चौकी कागबेनीमा सचालित स्वास्थ्य सिबिरमा करिब ३ सय तिर्थालु बिरामीहरुको उपचार गरिएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ । यसै गरि मुक्तिनाथको रानीपौवामा झारकोट स्वास्थ्य चौकीले शिबिरको आयोजना गरेको थियो । शिबिरमा करिब २ सय बिरामीको औषधी उपचार गरिएको थियो । 

सिविरमा रामनवमी एव चैते दशैको अवसरमा कागबेनीमा पितृको तपर्ण र मुक्तिनाथको दशर्न गर्ने प्राय बृद्ध तिर्थालुको स्वास्थ्य उपचार गरिएको थियो । केहि बिरामीलाई जिल्ला अस्पताल ल्याई उपचार पछि घर फर्केका छन । यसैगरि लेते प्राथमीक स्वास्थ्य केन्द्रमा समेत बिरामी तिर्थयात्रीको औषधी उपचार गरिएको जिल्ला अस्पताल जोमसोमका प्रमुख डा गौतमले बताए । लेते प्राथमीक स्वास्थ्य केन्द्रमा कति बिरामकिो उपचार भयो यकिन तथ्याक भने आउन बाकी रहेको उनले जानकारी दिए ।

औशी देखि रामनवमी एव चैते दशै पर्व करिब १८ हजार तिर्थयात्री मुक्तिनाथको दर्शन एव कागबेनीमा पितृहरुको तर्पण गर्न आएको अनुमान गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae