Sahara Sansar

Friday, April 15, 2011

आगोले जलेर ३ बालबालिकाको मृत्यु

बैशाख २  उदयपुर। उदयपुरमा शुक्रबार दिउँसो भएको आगलागीमा परि ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ । उदयपुरको पहाडि गाविस भुटार ६ नौलेमा ३ बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हनेमा दिनेश श्रेष्ठको ३ वर्षका छोरा सुजन श्रेष्ठ र पहलमान श्रेष्ठका २ वर्षका छोरा सुवास श्रेष्ठ र ५ वर्षकी छोरी प्रमिला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  पहलमानका २ वर्षका छोरा सुवासले खेलाएको लाईटरवाट सल्केको आगोले दाजुभाइको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

आगलागीबाट पहलमानको २ भैंसी, २ बाख्रा र २० वटा कुखुरा जलेको छ भने घरमा भएको सम्पूर्ण सामान समेत जलेर खरानी भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीचौकी धरै टाढा भएकाले विस्तृत जानकारी आउन समय लाग्ने प्रहरी निरिक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae