Sahara Sansar

Thursday, April 14, 2011

माओवादी स्थायी समितिको बैठक पार्टी कार्यालयमा जारी

बैशाख १ काठमाण्डौ । एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक अहिले पार्टी कार्यालयले कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ । बैठकमा सरकारमा पठाउने बाँकी मन्त्री र राज्यमन्त्रीको नाम तय गर्ने विषयमा छलफल चलिरहेको छ । विवाद रहेको गृहमन्त्रालयका विषयमा पनि छलफल हुने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

माओवादी बैठकपछि सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरुबीच आज छलफल हुनेछ । बेलुका हुने छलफलमा बाँकी रहेका मन्त्रालयको भागबण्डा सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच विवादित रहेको गृहमन्त्रालयका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री झलनाथ खनालले आजको बैठकमा सरकार विस्तार र सरकारको योजनाका विषयमा एउटा खाका पेश गरेपछि त्यसैमा छलफल हुने स्रोतले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae