राजेन्द्र न्यौपाने
संधैभन्दा यस पाला भट्टराई सार्वजनिक कार्यक्रम भन्दा भिन्न कार्यक्रम स्वरुप गोरखा आउनुभएको हो ।यस पाला स्कुलको स्वर्ण महोत्सव, कार्यक्रम उद्घाटन भन्दा गोरखा जिल्लाका राज्य समिति स्तरका पार्टी नेताहरुलाई प्रशिक्षण दिन गोरखा आउनुभएको एकीकृत नेकपा माओवादी गोरखाका सेक्रेटरी चुढामाणी खड्काले जनाउनुभयो ।
बैशाख १ गोरखा ।एकीकृत माओवादीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री डा.वावुराम भट्टराई आफ्नो गृह जिल्ला गोरखामा ३८ औ पटक आउनुभएको छ । संविधान सभा निर्वाचनमा प्रत्येक महिना गोरखा जिल्लामा आउने वाचा गर्नुभएका भएका उपाध्यक्ष भट्टाराई चैत महिनाको भाग स्वरुप वुधवार गोरखाको दक्षिणी मकैसिङ गाविसको वुटारमा आउनुभएको हो ।
संविधान सभाको निर्वाचनमा संधै महिनाको एक पटक गोरखा जिल्लामा आई जनताको साथमा रहने वताउनुभएका भट्टराईले जनतासंग वाचा गरे भन्दा वढी गोरखा आउनुभएको छ । उहाँ गोरखा क्षेत्र नं १ र २ को सवै गाविसहरु भ्रमण गरिसक्नुभएको छ ।
संधैभन्दा यस पाला भट्टराई सार्वजनिक कार्यक्रम भन्दा भिन्न कार्यक्रम स्वरुप गोरखा आउनुभएको हो ।यस पाला स्कुलको स्वर्ण महोत्सव, कार्यक्रम उद्घाटन भन्दा गोरखा जिल्लाका राज्य समिति स्तरका पार्टी नेताहरुलाई प्रशिक्षण दिन गोरखा आउनुभएको एकीकृत नेकपा माओवादी गोरखाका सेक्रेटरी चुढामाणी खड्काले जनाउनुभयो ।
गोरखा जिल्लाभरका ५१ जना राज्य समिति स्तरका पार्टी सदस्यहरुको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा पार्टी कार्यनीति र वर्तमान नेपालको राजनैतिक अवस्थाको वारेमा प्रशिक्षण भएको एकीकृत माओवादी गोरखाले जानकारी दिएको छ ।
0 comments:
Post a Comment