बैशाख १ काठमाण्डौ । प्रधानमन्त्री झलनाथ खनालले २०६८ साललाई संविधान निर्माण र शान्ति प्रकृयाको पुर्णता गर्ने ऐतिहासिक वर्षको रुपमा सफल बनाउन आफुले पहल गर्ने बताउनु भएको छ । उहाँले सरकारलाई चाडै नै पुर्णता दिएर यस वर्षको एक दिन पनि त्यतिकै खेर जान नदिने बताउनु भएको छ । नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले आफ्नै निवास वालुवाटारमा दिउँसो गर्नु भएको चियापान कार्यक्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै केही दिन भित्रै सरकारले पुर्णता पाउने बताउनुभयो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री र माओवादीका अध्यक्ष जेठ १४ मै संविधान जारि गर्ने पक्षमा रहेको बताउनु भयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई बाहिर राखेर माओवादी र एमाले अघि बढ्न नसक्ने बताउनु भयो । संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले सबै दलहरुबीचमा फेरि एउटा सम्झौता गरेर नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता डा।रामशरण महतले दलहरुका यस्तै गतिविधिले नयाँ संविधान जारी नहुने दावी गर्नुभयो ।
सबै भन्दा ठूलो शान्ति प्रकि्रया भएपनि यस्ामा अरु दलहरुले चासो नदिएकाले संविधान आउनु मात्रै ठूलो कुरा नहुने डा।महतको तर्क थियो । दिउसो १ बजेबाट शुरु भएको चियापानमा राष्ट्रपति डा। रामवरण यादव उपराष्ट्रपति परमानन्द झा सभामुख सुवासचन्द्र नेम्वाङ माओवादीका अध्यक्ष प्रचण्ड लगायतका दलका प्रमुख नेताहरु मन्त्रिहरु सभासद विदेशी कुटनीतिक राष्ट्रसेवक एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

0 comments:
Post a Comment