Sahara Sansar

Friday, April 1, 2011

नेविसंघको विवाद सहमतिमार्फत मिलाउनु पर्नेमा कांगे्स नेताहरुको जोड

चैत १८ काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेपाल विद्यार्थी संघको विषयमा विवाद भन्दा पनि सहमतिको प्रयास गर्नुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेमा बसेको बैठकमा बोल्ने नेताहरुले पक्षविपक्षमा भन्दा पनि सहमतिमा जानुपर्ने र संक्रमणकालमा शान्ति र संविधानको लागि पार्टीले ध्यान केन्द्रित गर्नुपर्ने बताएको केन्द्रिय सदस्य दिलबहादुर घर्तीले जानकारी दिनुभयो । 

कांग्रेस संस्थापन पक्षले नेविसंघ विघटनको महामन्त्री प्रकाशमान सिंहको प्रतिवेदनलाई पारित गर्नुपर्ने धारणा राखेका थिए भने देउवा पक्षले नेविसंघको विघठन गर्दा अन्य भ्रातृ संगठनहरु मासमेत नराम्रो सन्देश जाने भन्दै महामन्त्रीको प्रतिवेदन फिर्ता लिनुपर्ने अडान लिएको नेता गोपालमान श्रेष्ठले बताउनुभयो । महामन्त्री सिंहको प्रतिवेदनमा विघटनको विषय नभएको त्यसको आसय नेविसंघको लामो समयदेखि महाधिवेशन नभएकोले महाधिवेशन तयारी समिति बनाउनेमा प्रतिवेदन लक्षित रहेको संस्थापन पक्षका नेताहले बताएका थिए । 

आजको बैठकमा केन्द्रिय सदस्यहरु अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय, कमला पन्त, अजय चौरसियालगायतका गरि १० जनाले आफ्नो धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजे फेरि बस्ने कांग्रेसले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae