Sahara Sansar

Friday, April 1, 2011

भारतीय बजार रक्सौलमा गोली प्रहार, २ जनाको मृत्यु


चैत १८ वीरगन्ज। वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा भुमिगत संगठनबीच आपसमा भएको गोली हानाहान हुँदा शसस्त्र भुमिगत संगठनका दुई जनाको मृत्यु भएको छ । 

रक्सौलबजारको कृष्णटाँकीज सिनेमा हल नजीकै रहेको बैधनाथ शाहको होटलमा हिजो बेलुका सशस्त्र समूहहरुका कार्यकर्ताबीच आपसमा विवाद भएर गोली हानाहान हुँदा जनतान्त्रिक मधेश मुक्ति टाईगरका दुई कार्यकर्ताको मृत्यु भएको हो ।

 मृत्यु हुनेमा पर्साको लिपनीमाल गाविस निवासी बादल सिँह, उफराज गुरु भनिने छोटेलाल पटेल र बाराको भथौडा गाविसका सेखर सिँहको रहेका छन् । घटनास्थलमै रहेका चौहान सीँह भनिने रवीन पटेल भने उम्कन सफल भएका छन् । एक जनाको घटनास्थलमै मृत्यु हुनुको साथै एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको र गोली हान्ने समुहको पहिचान हुन नसकेको बिहार प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae