यम चौलागाई
चैत १८ सिन्धुली। एकिकृत माओवादीका सचिव सीपी गजुरेलले माओवादीमा तीनवटा धार प्रष्टरुपमा देखा परेपनि पार्टी भने कुनै हालतमा नफुट्ने दावी गर्नु भएको छ । क्रान्तिकारी पत्रकार संघले धुराबजारमा शुक्रबार सा“झ आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गजुरेलले माओवादी पार्टी फुट्ने हल्ला मात्रै भएको भन्दै बाबुराम भट्टराइलाइ बिष्फोट हुन नदिने बाताबरण सिर्जना गर्ने बताउनु भयो ।
बाबुराम भट्टराइतर्फ इंगित गर्दै प्रेसर कुकरको बिर्को खोल्न नदिए मात्र बिष्फोट हुने भएकाले बिर्को खोल्ने बाताबरण बनाउन नेतृत्व तह लागि परेको सचिव गजुरेलले बताउनुभयो । माओवादी नेताले पार्टी फुटाउछौं भनेका छैनन्, पार्टी फुटाउने षडयन्त्र मात्र भएको र त्यो आफुले नगरेको भन्नुल ेनै पार्टी नफुट्ने पुष्टि उहाले बताउनु भयो ।
तीनधारमा रहेको माओावादी मजदुर संगठन बिघटन गरेको खुलासा गर्दै सचिव गजुरेलले स्थायी समितिको बैठकले एउटै केन्द्रिय सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको जानकारी दिए । त्यसको नेतृत्व केन्द्रिय नेताले गर्ने भनेपनि नाम भन उहाले खुलाउन चाहानु भएन् ।
भोली शनिबार उपत्यका बाहिर बस्ने माओवादी स्थायी समितिको बैठकले सरकारमा सामेल हुने मन्त्रीको नाम तय गर्ने भन्दै सचिव गजुरेलले तीनवटा धार देखा परेर केही विवाद माओवादीमा देखिएपनि समाधान गर्ने नसकिने खालको भने नरहेको बताउनुभयो ।
मन्त्री मण्डल बिस्तारमा एमालेमा जस्तो चर्को विवाद माओवादीमा नभएको सचिव गजुरेलको भनाइ थियो ।
0 comments:
Post a Comment