Sahara Sansar

Thursday, April 14, 2011

चाइनिज चप्पलले भारतीय दुतलाई प्रहार गर्दैमा राष्ट्रियताको रक्षा हुँदैनः गगन थापा

राजेन्द्र न्यौपाने
 बैशाख १ गोरखा। काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले राष्ट्रियता बचाउन सबै दल एक ठाउँमा एकसाथ उभिनु बताउनु भएको छ्।  गोरखाको घ्याम्पेसाल बजारमा स्थानीय मनकामना युवा क्लवले आयोजना गरेको सांस्ृकतिक कार्यक्रममा बोल्दै तव मात्र नेपाली राष्ट्रियताको रक्षा सम्भव हुने बताउनुभयो । राष्ट्रियताको सवालमा माओवादी तर्फ इंगित गर्दै प्रमुख अतिथि समेत रहेका थापाले “ चाइनिज चप्पलले भारतीय राजदूतलाई बचाउन सबै दल एक ठाउँमा उभिनुपर्दछ । ”

संविधान बनाउने नाममा कागजको खोस्टो मात्र नेपाली काँग्रेसलाई मान्य नहुने उहाँको भनाई थियो । शान्ति हान्दैमा राष्ट्रियता बच्दैन र संविधानका लागि सबै दल नमिलि सुखै छैन भन्दै उहाँले शान्ति र संविधानका लागि काँग्रेसले आफ्नो भूमिका निर्वाह गरि रहेको दावी गर्नुभयो । कार्यक्रमका अर्का केन्द्रीय सदस्य एवं विशेष अतिथि सुरेन्द्र पाण्डेले देशमा बढीरहेको अराजकताबाट जनतालाई मुक्ति दिलाउन जेठ १४ भित्रै शान्ति र संविधानको काम पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

काँग्रेस नेताहरु सशांक कोइराला, चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाई लगायतको उपस्थितिमा राष्ट्रिय कलाकार, यस कुमार, राधिका हमाल, विमल डाँगी लगायतले आ–आफ्ना कला प्रस्तुत गरेका थिए । गोरखाको घ्याम्पेसाल बजारमा स्थानीय मनकामना युवा क्लवले आयोजना गरेको सांस्ृकतिक कार्यक्रम क्लवका अध्यक्ष शैलेन्द्र पनेरुको अध्यक्षतामा सम्पन्न भएको हो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae