एसवी गौतम
वैशाख २ सिन्धुली। माओवादीका केन्द्रिय सचिव एवं सभासद सिपी गजुरेलले जेठ १४मा संविधान नआउँदैमा देशमा कुनै पनि उथल पुथल नहुने वताउनु भएको छ । हामी देशमा तोकीएकै समयमा संविधान जारी हुनु पर्छ भन्ने पक्षमा छौं । अहिले प्रतिकृयावादीले भने जस्तो संविधान नवन्दैमा रक्तपात हुने अवस्था हुदैन । यदि कसैले त्यस्तो हरकत गरेमा माओवादीले टुलुटुलु हेरेर नवस्ने वताउनु भयो ।

हामी देशलाई कसैको पंन्जामा पर्न दिदैनौ गजुरेलको भनाई थियो । मातृभूमि विकास वैकको भिमानमा वैशाख १ गते प्रथम शाखाको उद्घाटन कार्यक्रममा वोल्दै सचिव गजुरेलले यस्तो वताउनु भएको हो । कार्यक्रममा गजुरेलले नेपाली जनतामा केहि प्रतिकृयावादीले माओवादीले कसैलाई धनी हुन दिदैन भन्ने भ्रम छरेको वताउँदै माओवादीले सवैलाई धनी वनाउन चाहेको वताउनु भयो । बंैकको प्रसंग जोड्दै गजुरेलले विदेशी लगानीमा संचालित वैंकको माओवादीले विरोध गरेको तर स्वदेशी लगानीमा संचालन गरिएका मातृभूमि जस्ता वैंकको संरक्षण गर्ने वताउनु भयो ।
नेपाली जनता आत्मानिर्भर भएमात्र नेपालको विकास हुने वताउँदै गजुरेलले अव नेपालीलाई विदेश पठाउनु भन्दा नेपालमै व्यवसायिक वनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा हाल भएको लोडसेडिङ लगानी गर्ने पुजी नभएर नभई पुजी गलत ठाउँमा प्रयोग भएका कारण यो अवस्था आएको वताउनु भयो । कार्यक्रममा वैंक संचालक समितिका सदस्य डा।लोकविक्रम थापाले जिल्लावासीलाई वैंक मालिक वनाउन यो वैंक खोलिएको वताउनु भयो ।
उहाँले आर्थिक कारोवार गर्ने सवैलाई आवश्यक भएको वताउँदै सिन्धुली जिल्लाका १० स्थानमा आगामी १० वर्षमा शाखा खोलिने वताउनु भयो । कार्यक्रममा मातृभूमि विकास वैंकका अध्यक्ष एवं कार्यक्रमका सभापति स्थानेश्वर देवकोटाले यो वैंक जिल्लामा गरिवी न्यूनिकरण गर्ने उद्देश्यले सुरु गरिएको वताउनु भयो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा वैंकका महा प्रवन्धक रामहरि पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने विनोद थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

0 comments:
Post a Comment