राजेन्द्र न्यौपाने
पत्रकारिता एक मर्यादित र सम्वेदनशील पेशा हो । पत्रकारिता भित्रको शैक्षिक पत्रकारिताले सबै भन्दा महत्व राख्दछ । शिक्षाका राष्ट्रिय उदेश्यहरु अन्तर्निहित प्रतिभा र व्यक्तित्वको विकास,सार्वभौम मानवीय मूल्य र राष्ट्रिय तथा सामाजिक मान्यता र आस्थाको संवर्धन,सामाजिकीकरण र सामाजिक एकताको सुदृढीकरण,सामञ्जस्यपूर्ण जीवनयापन,समाजको आधुनिकीकरण र मानव–संसाधनको विकास,प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण तथा सदुपयोग,पछिपरेका व्यक्तिलाई राष्ट्रिय मूलधारमा समाहित गर्ने कार्यमा पत्रकारीताले विशेष योगदान पु¥याउन सक्छ ।
शुरुमा मानिस जन्मँदा अनन्त सम्भावनाका साथ जन्मेको हुन्छ । शिक्षाको लक्ष्य व्यक्तिमा भएका प्रतिभा र व्यक्तित्व विकासका सम्भावना प्रस्फुटित गराउन सहयोग गर्नुहुन्छ । यसका लागि पत्रकारिताबाट नेपालको संविधानको नीतिनिर्देशक सिद्धान्तमा भनिएका राज्यका उद्धेश्यहरुको प्राप्तिका निम्ति व्यक्तिलाई उपयुक्त ज्ञान र सीप प्रदान गरी योग्य बनाउनु अत्यावश्यक छ । संविधानमा शिक्षा सम्बन्धिका धारा तथा उपधाराहरुलाई पत्रकारले बाहिर ल्याउनु र उद्धेश्य प्राप्तिका लागि आफ्नो मिडियाबाट लक्षित वर्गसम्म पु¥याउनु अनिवार्य छ ।
राज्यले शैक्षिक क्षेत्रमा प्रयाप्त लगानी गर्न नसकेको भएपनि सबै भन्दा धेरै लगानी गरेको सत्य छ । जति धेरै लगानी ग¥यो उती कमजोर शैक्षिक अवस्था किन हुन्छ ? यो खोजीको विषय छ । सरकारको लगानी नभएका शैक्षिक संस्था भन्दा दायित्व बोकेका सरकारी शैक्षिक संस्थाको स्तर उन्नती हुन नसक्नु सम्बन्धित जिम्मेवार पक्षहरु शिक्षाको राष्ट्रिय उदेश्यसँग असहमत हुनु हो ।
बहुजातीयता, बहुभाषिकता,नेपाली राष्ट्रियताको प्रमुख विशेषता हो । राष्ट्रिय एकता भनेकै सामाजिक–साँस्कृतिक विविधताभित्रको एकता हो । बहजातीय समाजमा सबै समुदाय र भाषा,लिपि,कला र संस्कृतिको विकासबाट देशको साँस्कृतिक विविधता कायम राखी राष्ट्रिय एकतालाई सुदृढ पार्ने नीति व्यवहारमा उतार्न शिक्षाको भूमिका महत्वपूर्ण भएकोले यसको व्यापक प्रचार शैक्षिक जगतले गर्नुपर्छ । सकरात्मक प्रचारका लागि शिक्षाले शैक्षिक पत्रकारीतामा लगानी केही समयका लागि बढाउनुपर्छ । राष्ट्रिय उदेश्य प्राप्तिका लागि लक्षित वर्गलाई ध्यानमा राखि शिक्षाले कती र कसरी लगानी ग¥यो कसैलाई थाहा छैन र लेखाजोखा पनि हुँदैन यसका लागि शैक्षिक पत्रकारीताको विकास आवश्यक छ । समय अनुसार व्यक्तिलाई सञ्चालन गर्नु एउटा उद्धेश्य भएपनि स्वयं योजनाकार संस्थाले नै आफूलाई रुपान्तरण गर्न नसकेका कारण शैक्षिक उद्धेश्य पूरा भएको छैन ।
परिवर्तनका लागि व्यक्तिको अनुभव,ज्ञान र सोचाइमा कायपलट गर्नुपर्छ । व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउन विज्ञान र प्रविधिको शिक्षामा जोड दिनुपर्छ । विश्वलाई भविश्यका निम्ति स्वच्छ, सुन्दर र प्रदुषणरहित राख्न व्यक्तिलाई राष्ट्रिय संपदा र प्राकृतिक वातावरणको मौलिक शिक्षा दिनु आवश्यक छ । शारीरिक,मानसिक रुपले अपाङ्ग,आर्थिक दृष्टिले विपन्न, महिला,दलित,पछाडि पारिएका वर्ग, समुदाय र समाजको मुलधारमा आउन नसकेकाहरुलाई शिक्षाले जिविकोपार्जनको आधार प्रदान गर्नुपर्दछ । देशको विभिन्न भूगोलमा बस्ने जनजाति,समुदायको राजनैतिक, आर्थिक, सामाजिक अवस्थमा परिवर्तन ल्याउने काम शिक्षाको हो । शिक्षाको राष्ट्रिय उद्धेश्य नै यो भएकाले विद्यालयमा राजनीति गर्नुहुँदैन भन्नेले यो राज्यको उपेक्षा गरेको हो । यो राज्यमा बसोवास गर्ने र यहीको नियम कानुनको उलंघन गनेलाई सचेत गराई ठीक ठाउँमा पु¥याउन शैक्षिक पत्रकारिताको महत्व छ ।
शिक्षाका राष्ट्रिय उदेश्य प्राप्तिमा मुख्यतःसाँस्कृतिक,सामाजिक,धार्मिक ,भौगोलिक,राष्ट्रिय आर्थिक र राजनीतिक तत्वहरुले प्रभाव पार्दछन् । नेपालको इतिहासमा १०४ वर्षको राणा निरङ्कुश शासन कालदेखि हाल सम्म आउँदा शिक्षा क्षेत्रमा आँधीवेहरी आएको मान्नुपर्छ । तर विश्व परिवेश अनुसार नेपालको शिक्षा नीति ३०० वर्ष भन्दा पुरानो छ ।
२०४६ सालको जनआन्दोलन पछि शिक्षामा केही परिवर्तन भएपनि ०६२÷०६३ सालको जनआन्दोलनपछि कुनै प्रगति छैन पुरानै संरचना विद्यमान छ । राजनीतिक प्रतिबद्धता र स्थिरताको कमीका कारण शैक्षिक क्षेत्र माथि उक्लिन सकेको छैन । राज्यले आफूले गरेका केही कामको प्रचार गर्नुभन्दा पनि गर्न नसकेका कामहरुलाई वाहिर ल्याई सबैका सामु समस्या राख्नु उपयुक्त हुन्छ । नागरिकलाई उसको क्षमता अुनसारको शिक्षा निःशुल्क दिनु राज्यको दायित्व भएपनि अनुत्तरादायि हुनु लज्जास्पद छ । पत्रकारिता एक जटिल प्रक्रिया वा घटना हो । यसको सहायताबाट कुनै एक व्यक्ति वा समूहका विचार,दृष्टिकोण,तथ्य,धारणा,प्रवृत्ति र घटनालाई अर्को व्यक्ति वा समूहमा प्रसारण गरिन्छ । यो प्रक्रियालाई सञ्चार र पेशालाई पत्रकारिता भनिन्छ । सन्देश वा खबरलाई प्रेषक वा प्रापकबीच आदानप्रदान गर्ने प्रक्रिया जसमा सन्देश वा खबरप्राप्त गर्ने व्यक्तिले प्राप्त गरेको सन्देशलाई अस्वीकार वा स्वीकार गर्न सक्छ ।
पत्रकारिता मनोमानी र मनपर्दी पेशा होइन । यो सत्य,तथ्य, यथार्थपरक घटनामा आधारित रहेर गरिने पेशा हो । हरेक घटनाको न्यूनिकरण गर्नु, पिडितलाई न्याय दिनु यस पेशाको काम हो । शैक्षिक पत्रकारीतामा यसले पाठ्यक्रम परिवर्तन गर्न सक्ने सम्मको क्षमता राख्छ । समय अनुसारको परिवर्तनका लागि यसले पाठ सिकाउँछ । शिक्षाका राष्ट्रिय उद्धेश्य प्राप्तिका लागि विद्यालय भित्र र बाहिरको संरचना, औपचारीक र अनौपचारिक शैक्षिक घटनाहरुलाई पत्रकारिताले वाहिर ल्याउँछ र सुधारका लागि सहयोग पु¥याउँछ परिवर्तित उद्धेश्यको सहि सञ्चार पत्रकारीताबाट हुन सकेन भने शिक्षाका उदेश्यहरु पूरा हुन सक्तैनन् यसर्थ पत्रकारिताको महत्व शिक्षा क्षेत्रमा अमुल्य हुन्छ । यस प्रसंगमा पत्रकारिता र शिक्षा एउटै रथका दुई पाङ्ग्रा हुन्। शिक्षाको उद्धेश्यलाई मुलमन्त्र मानी पत्रकारले समतलीय वा क्षितिजीय सञ्चार राम्रोसँग गर्नुपर्छ । समयमा नै सहि शैक्षिक समाचार र सूचना प्राप्त हुन नसक्दा पाठ्यक्रम निर्माणमा असहयोग हुन्छ ।
शिक्षकहरु बीच, प्रशासक वीच,कर्मचारीको बीच समतलीय सञ्चार भएमा मात्र सबैलाई साथी वा सहकर्मीको रुपमा स्वीकार गरी एकले अर्कोलाई सहयोग गर्ने वातावरण बन्छ अनि पाठ्यक्रम कार्यान्वयनमा टेवा पुग्छ । यो सम्बन्ध नभएका शैक्षिक संस्थाको कुनै पनि नजिता हामीले राम्रो पाउन सक्तैनौं । हामी हालैको जिल्लास्तरीय तथा राष्ट्रिय स्तरको नजितालाई गहन गरेर यसलाई सत्य सावित गर्नसक्छौं । यसर्थ शिक्षा र पत्रकारिता एक एउटै नदिका दुई किनारा हुन् यो शैक्षिक क्षेत्रमा काम गर्ने सबैले सिक्नु अनिवार्य छ । सहि सूचना आदानप्रदानका लागि गरिने काम पत्रकारिता हो ।
प्रत्येक शैक्षिक संस्थाका सदस्यहरुले शैक्षिक क्षेत्रको विकासका लागि पत्रकारिता गर्नुअनिवार्य छ । आफ्नो विद्यालय, क्याम्पस र शैक्षिक संस्थामा भएका गतिविधिहरुलाई कार्यपत्र, लेखरचना,पुस्तक,बुलेटिन, अुनसन्धान प्रतिवेदन आदिको सहायताबाट प्रचारमा ल्याउनु अनिवार्य छ । हामीले भएका सत्य कुरा वाहिर ल्याएनौ भने शैक्षिक संस्थामा रहेर जिम्मेवार छैनौं भनेको ठहर हुन्छ । पाठ्यक्रम, विधि र सामग्री कस्तो प्रयोग गर्ने भन्ने कुरा समस्याको आधारमा निक्र्यौल हुन्छ । सञ्चारबाट आमनेसामने कुराकानीहुँदा सकरात्मक ज्ञानको विकास हुनुका साथै राष्ट्रिय उदेश्य प्राप्तिका लागि पाठ्यक्रम निर्माण र कार्यान्वयनमा सहयोग पुग्छ । विषयवस्तुलाई राम्रोसँग सञ्चार गर्न सकियो भने शिक्षाको उद्धेश्य अुनसारको प्रभावकारी काम हुन्छ यसकारण शैक्षिक पत्रकारीताको महत्व बढेको छ ।
शैक्षिक पत्रकारीता हुनेखाने मुठ्ठिभर वर्ग समुदायका लागि भन्दा पनि गरिव र पछाडि पारिएका वर्ग समुदायका लागि आवश्यक छ । पत्रकारीताको नाममा शोषक, दलाल र भ्रष्टको गुणगान गाउनु बेइमानी मात्र हैन गम्भीर अपराध हुन्छ । वर्ग उत्थानका लागि काम गर्न छोडेर निश्चित र क्षणिक स्वार्थ पूर्तीका लागि पत्रकारीता गर्नु नागरिक हत्या भन्दा पनि ठूलो अपराध हुन्छ । यस्ता अपराधीहरु हामी नजिकै छन् भने हामीले सञ्चारबाट बाहिर ल्याई सम्मुन्नत समाज निर्माणमा सहयोग पु¥याउनु शैक्षिक पत्रकारिताको काम हुन्छ ।
शैक्षिक पत्रकारीता हुनेखाने मुठ्ठिभर वर्ग समुदायका लागि भन्दा पनि गरिव र पछाडि पारिएका वर्ग समुदायका लागि आवश्यक छ । पत्रकारीताको नाममा शोषक, दलाल र भ्रष्टको गुणगान गाउनु बेइमानी मात्र हैन गम्भीर अपराध हुन्छ । वर्ग उत्थानका लागि काम गर्न छोडेर निश्चित र क्षणिक स्वार्थ पूर्तीका लागि पत्रकारीता गर्नु नागरिक हत्या भन्दा पनि ठूलो अपराध हुन्छ । यस्ता अपराधीहरु हामी नजिकै छन् भने हामीले सञ्चारबाट बाहिर ल्याई सम्मुन्नत समाज निर्माणमा सहयोग पु¥याउनु शैक्षिक पत्रकारिताको काम हुन्छ ।
शैक्षिक क्षेत्रमा शोषिखाने दलाल र भ्रष्ट वर्ग अहिले सम्म छ । यहींको राज्य सरकारले बनाएको बाटो हिड्न सक्छन्,पानी पिउन सक्छन्, सेवासुविधा लिनसक्छन्,आफ्नो अधिकारका कुरा गर्न सक्छन् । आफ्नो भलाई र स्वार्थका लागि सबै कुरा जान्दछन् तर यहाँको शैक्षिक क्षेत्रको उपेक्षा गर्दै शैक्षिक माफियाहरु आफ्ना सन्तानलाई पराईको जिम्मा लगाउँछन् र आफू अरुको सन्तानको जिम्मा लिन्छन् । यी कुल विगार्ने भ्रष्ट शैक्षिक माफियाहरुको बारेमा जस्ताको तस्तै लेख्नु आजको शैक्षिक पत्रकारीताको आवश्यकता हो यसकारण पनि यसको महत्व छ ।
शिक्षाको राष्ट्रिय उद्धेश्यमा प्रष्ट लेखिएको भएपनि शिक्षा क्षेत्रमा काम गर्नेले नै उद्धेश्य नबुझ्दा समस्या थपिएको मात्रै छैन,शैक्षिक अस्थिरता जोगाईराख्न थप सहयोग पुगेको छ । उद्धेश्य कार्यान्वयनका लागि दबाव दिनुभन्दा पनि विमुख हुनु उपयुक्त ठान्नेका विरुद्ध कलम उठाउन सरकारले शैक्षिक पत्रकारीतामा लगानी गरी यसको विकास गर्नु आवश्यक छ । यसकारण शैक्षिक पत्रकारिताको महत्व छ । गोरखाबाटै यसको विकास आवश्यक छ ।
शिक्षाको राष्ट्रिय उद्धेश्यमा प्रष्ट लेखिएको भएपनि शिक्षा क्षेत्रमा काम गर्नेले नै उद्धेश्य नबुझ्दा समस्या थपिएको मात्रै छैन,शैक्षिक अस्थिरता जोगाईराख्न थप सहयोग पुगेको छ । उद्धेश्य कार्यान्वयनका लागि दबाव दिनुभन्दा पनि विमुख हुनु उपयुक्त ठान्नेका विरुद्ध कलम उठाउन सरकारले शैक्षिक पत्रकारीतामा लगानी गरी यसको विकास गर्नु आवश्यक छ । यसकारण शैक्षिक पत्रकारिताको महत्व छ । गोरखाबाटै यसको विकास आवश्यक छ ।
(लेखकःपत्रकार महासंघ गोरखाका बरिष्ठ सदस्य हुनुहुन्छ )

0 comments:
Post a Comment