Sahara Sansar

Wednesday, April 13, 2011

माओवादीको अराजक गतिविधिका कारण मुलुक अस्तव्यस्त:गगन थापा


चैत ३० काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले माओवादीको अराजक गतिविधिका कारण मुलुक अस्तव्यस्त बनेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस चपली भद्रकाली गाउँ एकाइ समितिको कार्यालयको बुधवा उद्घाटन गर्दै काँग्रेस युवा नेता थापाले माओवादीले आफ्ना कि्रयाकलाप र गतिविधिहरु मुखले भने जस्तो व्यवहारमा लागू नगरेको बताउनुभयो । 

माओवादीले लोकतान्त्रिक विधि मूल्य र मान्यता स्वीकार गरे जेठ १४ मै संविधान जारी हुनसक्ने पनि उहाँले दावी गर्नुभयो । काँग्रेस नेता गगन थापाले संविधानसभामा माओवादीसँग लोकतान्त्रिक हिसाबबाट राष्ट्र चलाउने कि अधिनायकवादी शैलीबाट राष्ट्र चलाउने भन्नेबारे विवाद रहेकोभन्दै उक्त मुद्धा सल्टे संविधान जारी गर्न कुनै समस्या नरहेको उहाँको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae