Sahara Sansar

Thursday, April 14, 2011

सिन्धुलीमा टेलिफोन सेवा अवरुद्ध

यम चौलागाई
 बैशाख १ सिन्धुली।  सिन्धुलीमा पानी सँगै अस्ती आएको चट्याङका कारण मतानबास रिपिटर टावरमा खराबी आएपछि नेपाल टेलिकम द्धारा वितरित सम्पुर्ण फोन तथा मोबाईल सेवा अवरुद्ध भएको छ । 

चट्याङका कारण रिपिटर टावरको रेडियो लिङ्क जलेपछि संचार सेवा अवरुद्ध भएको टेलिकम सिन्धुलीले जनाएको छ । टावरमा आएको खराबीले हिजो विहानैदेखि ल्यान्ड लाईन फोन सिडिएमए स्काई मोवाईल नमस्ते मोवाईल कुनै पनि संचालनमा आएका छैनन् । संचार सेवा अवरुद्ध भएपछि सिन्धुली र रामेछाप जिल्लाका सेवाग्राहीहरु समस्यामा परेका छन् ।

आज सार्वजनिक बिदा परेकोले र प्राविधिक टोली काठमाण्डौंबाट झिकाउनु पर्ने भएकोले टेलिफोन सुचारु हुन केहीदिन लाग्न सक्ने टेलिकम सिन्धुलीले जनाएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae