Sahara Sansar

Friday, April 15, 2011

बोक्सीको आरोपमा देउरानी जेठानीलाई मलमूत्र खुवाईयो

यम चौलागाई
 बैशाख २सिन्धुली।सिन्धुलीको रानीचुरी गाविस–४ किर्नेखोलाका एकै घरका देउरानी जेठानीलाई बोक्सीको आरोपमा स्थानीय बासिन्दाले सिस्नो लगाएर मलमुत्र खुवाएका छन् । जेठानी ३५ बर्षिया सोममाया घिसिङ र देउरानी २७ बर्षिया मधुमाया घिसिङलाई मलमुत्र खुवाएको पीडितले बताएका छन्। सोही गाविसकी सेतीमाया स्याङ्तानकी १० वर्षकी नातिनिको बिरामी भएर कपाल झर्न थालेपछि धामी बोलाएर आसन राख्दा ती देउरानी ,जेठानीको नाम बकेकाले धामीकै आदेशमा चैत्र ३० गते राती सिस्नो लगाएर मलमुत्र खुवाएको पीडित सोममायाले बताउनुभयो ।

पीडित दुबै महिलाले दोषिलाई कारबाहीको माग गर्दै आज सदरमुकाम सिन्धुलीमाढी आएर जिल्ला प्रशासन कार्यालयमा कार्वाहीका लागि उजुरी दर्ता गराएका छन् । रातको समयमा बैठक छ,भनेर डाक्न आए,छिमेकीले बोलाएको त हो नी भनेर गयौं,तिमीहरु यता आवत भनेर धामीलाइ बक्न लगाइ कोठा भित्र थुनेर पहिले अक्षता छर्किए। त्यसपछि, सिस्नो लगाउन थाले, हामीलाइ किन यसो गरेको भन्दा तिमीहरु बोक्सी हौ भनेर,मलमुत्र समेत जर्वजस्ती खुवाए मधुमायाले घटनाको बेलिबिस्तार लगाउदै’ गुनासो पोख्नु भयो ।

घटना बिबरण अनुसार स्थानीय हस्तबहादुर स्याङ्तान र डिलबहादुर थिङले बैठक छ भनेर बोलाइ धामी चनकबहादुर थिङको आदेशमा घरको कोठामा थुनेर उनीहरुलाई मलमुत्र खुवाएका हुन् ।सेतीमायाको नातिनीको कपाल झरेकाले उपचारका लागि धामी बोलाएर आसन राखिएको थियो ।पीडितको उजुरी माथि छानविन तथा आबश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।

पीडितको उजुरीको आधारमा आबश्यक कार्वाहीका लागि प्रहरी परिचालन गरि पिडकलाइ खोज्ने काम आजैबाट थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae