Sahara Sansar

Saturday, April 2, 2011

भारत दोस्रो पटक विश्वकप च्याम्पियन

चैत २० (एजेन्सी) मुम्बई श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारत विश्वकप क्रिकेट च्याम्पियन बनेको छ। भारत दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। यसअघि सन् १९८३ मा भारतले विश्वकप जितेको थियो। माहिला जयवर्धनेको अविजित १०३ रनसँगै २७५ रनको चुनौति पाएको भारत दोस्रो बल मै वीरेन्द्र सहवाग आउट भएपछि संकटमा परेको थियो। 


छैटौँ ओभरमा १८ रन बनाएका सचिन तेन्दुलकर मुम्बईको घरेलु मैदानमा आउट हुँदा भारतको स्कोर ३१/२ भएको थियो। तर तेस्रो विकेटका लागि विराट कोहली र गौतम गम्भीरले गरेको महत्त्वपूर्ण साझेदारी र कोहली आउट भएपछि कप्तान महेन्द्रसिंह धोनीसँग गम्भीरको साझेदारीले नै जितको रेखा कोरेको थियो।  धोनी यो खेलका म्यान अफ दि म्याच भए भने युवराज सिंह प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।


भारतको क्रिकेट बोर्डले विश्वकप जितेकोमा भारतीय टिमका सबै सदस्यलाई एक करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae