Sahara Sansar

Saturday, April 2, 2011

शहिद भीमनारायण श्रेष्ठ रनिङ्ग कप फुटवल प्रतियोगिताको फाइनल खेलमा थ्रीस्टार क्लब काठमाण्डौ प्रबेश

देव कला कार्की
 चैत २० धनकुटा। धनकुटामा चैत्र १५  गते देखी जारी शहिद भीमनारायण श्रेष्ठ रनिङ्ग कप फुटवल प्रतियोगिताको फाइनल खेलमा थ्रीस्टार क्लब काठमाण्डौ प्रबेश गरेको छ । शनिबार  सम्पन्न थ्रीस्टार क्लब काठमाण्डौ र सगरमाथा युथ क्लब मोरङ्गबीच भएको खेलमा २ का बिरुद्ध ५ गोलले पराजीत गर्दै थ्रीस्टार क्लब फाइनलमा प्रबेश गरेको हो । 
खेल शुरु भएको २० औ मिनेटमा सगरमाथा युथ क्लबका याकुब राइले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि लगतै २२ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङ्गले गोेल फर्काएपछि बराबरी भएको थियो । त्यसपछि  लगातार २७ औ मिनेटमा अर्को गोल गर्दै चेम्जोङ्गले आफ्नो टिमलाई २–१ ले अग्रता दिलाएका थिए । 
खेलको दोस्रो हाफको १४ औ मिनेटमा मोरङ्गका सुबास लिम्बूको सहयोगमा आत्मघाती गोल भए पछि सगरमाथा युथ क्लब अरु पछाडी परेको थियो । त्यसपछि सोहौं मिनेटमा पुनः सोही क्वबका सिर्जन लिम्बूले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 
त्यसपछि लगातार थ्रीस्टारका सुबिन श्रेष्ठले गोल थपेपछि थ्री स्टारले फाइनलको लागि यात्रा निश्चित गरेको हो । शनिबारको खेलमा थ्रिस्टारका रबि थापा म्यान अफ द म्याच घोषीत हुनु भएको छ । भोलीको खेल देउराली युवा क्लब धनकुटा र ंविर्ता क्लव झापावीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा साहरा क्लब पोखरा, सगरमाथा युथ क्लब मोरङ, विर्ता युथ क्लब झापा, सप्तरी ११, धनकुटा फटबल क्लब र डिफेन्डिङ च्याम्पियन,देउराली क्लब धनकुटा सहभागीको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रनिङ कप सहित नगद ५० हजार र उपविजेताले कप सहित नगद २५ हजार प्राप्त गर्नेछन् । यसबर्ष देखि उत्कृष्ट खेलाडी, हाईस्कोरर, उष्कृष्ट गोलकिपर, डिफेन्स र स्ट्राईकरलाई समेतलाई पुरस्कृत गर्ने आयोजकले जनाएकोे छ ।

 विगत बर्षमा उत्कृष्ट खेलाडीलाई  मात्रै पुरस्कृत गरिदै आएको थियो । प्रतियोगिता २१ गते सकिदैछ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae