Sahara Sansar

Saturday, April 16, 2011

पुनर्गठित नेकपा माओवादीद्धारा बन्द फिर्ता

वैशाख ४ काचनपुर । पुनर्गठित नेकपा माओवादीले पक्राउ परेका आफ्ना दुई कार्यकर्ताको रिहाइको माग गर्दै घोषणा गरेको बन्द फिर्ता लिएको छ ।

बर्दिया प्रहरीले पक्राउ गरिएका कार्यकर्ताको रिहाइ नगरिएसम्म अनिश्चितकालीन बन्द गर्ने धम्की दिएको थियो ।

केन्द्रीय कमिटीको बर्दियामा आयोजित बैठकमा भाग लिन जाँदा प्रहरीले पार्टीका काचनपुर इन्चार्ज भुपेन्द्र न्यौपाने र केन्द्रीय सदस्य अमृत विकलाई मोहमदपुरको लालपुरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्यकर्तालाई गएराति प्रहरीले रिहा गरेको जनाउँदै नेकपा माओवादीका काचनपुर सेक्रेटरी मानबहादुर विष्टले  आज बिहान ९ बजे फोनमार्फत बन्द फिर्ता गरिएको जानकारी गराएका छन् ।

बन्दको हल्लाका कारण ढिलो गरी यातायातका साधन साचालनमा आएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae