वैशाख ४ नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याएर संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान जारी गर्दैमा मुलुकमा शान्ति नआउने भएकाले शान्ति सम्झौतालाई निष्कर्षमा पुर् याउनु अपरिहार्य छ भन्नुभयो ।
सरकार असफल भइसकेको प्रतिकि्रया दिँदै नेता देउवाले अहिले मुलुकका नागरिकको सुरक्षा सबैभन्दा ठूलो चुनौती भएको बताउनुभयो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले नेपाली काँग्रेस अहिलेकै स्थितिमा सरकारमा सहभागी नहुने स्पष्ट पार्दै राष्ट्रिय सहमतिले मात्र राजनीतिक समस्याको समाधान गर्ने धारणा व्यक्त गर्नुभयो ।
नेता देउवाको थप भनाइ थियो- लोकतन्त्रलाई शिरमा राखेर गरिने सबै किसिमका सहमतिमा नेपाली काँगे्रसको कहिल्यै विमति हुँदैन ।

0 comments:
Post a Comment