Sahara Sansar

Saturday, April 16, 2011

देशमा बैदेशिक हस्तक्षेप बढ्दै छ:अग्नि सापकोटा

कूल तामाङ् बैशाख ४ नुवाकोट । एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले देशमा बैदेशिक हस्तक्षेप बढ्दै गएको दाबी गर्नुभएको छ । राजनितिक दलहरुको अदुरदर्शिताको कारण मुलुक सिक्मिकरणको बाटोमा उन्मुख भएको उहाले बताउनुभयो ।

नुवाकोटको बट्टारमा शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको आयोजनामा भएको उच्च शिक्षाको विकास चुनौती र हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्दै नेता सापकोटाले राष्ट्रिय स्वभिमानको झण्डा उठाउने राष्ट्रभक्तहरुमाथि इतिहासदेखि नै प्रहार भई रहेको उल्लेख गर्दै यो क्रमको पछिल्लो शिकार माओवादी भएको बताउनभुयो ।

माओवादीको शिक्षा विभाग प्रमुख समेत सापकोटाले राजनितिक दलहरुले शैक्षिक मुद्धामा ध्यान नदिएको बताउदै त्यसमा माओवादीको पनि कमजोरी भएको स्वीकार गर्नु भयो । उहाले शिक्षामा भएको नाफामुखी व्यापारीकरणको अन्त्यका लागी विद्रोह आबश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय महासचिव चन्द्रमणि पौडेलले राज्यका शैक्षिक निती गलत भएका कारण अहिलेको उच्च शैक्षिक प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानामा मात्र सिमित भएको बताउनुभयो ।

संघका जिल्ला अध्यक्ष शिव भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष इन्द्रबहादुर पण्डित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख भरतराज अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae