निमेन्द्र शाही
बैशाख ४ बाजुरा। जिल्लाको कुल्देवमाण्डौं गाविस वडानं सात सायल घर भई रामेश्वरी मावि किम्नीमा कार्यरत शिक्षक योगेन्द्र वहादुर शाह बेपत्ता भएको ११ दिन पछि शनिबार लास भेटीएको छ। भने सो घटना संग सम्बन्धीत २३ जना प्रहरी नियन्तरणमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार छोरा लाई अछाममा संचालन भएको बुढानिलकण्ठको बिद्यार्थी छनेट परीक्षा बाट घर फर्कीएका शिक्षक शाह चैत्र २३ गते सांझ व्यपत्ता भएका हुन् ।
शनिबार बिहान वारबिस वडा नं तिनको रीठा बजार नजिको बिरेको भिर भन्ने स्थानमा स्थानीय बासी जडी बुटी टीप्न गएको बेला गनाएको थाहा पाए पछि हेर्दा खुल्ला अवस्थामा लास भेटीएको बताईएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी निरीक्षको एक टोली सदरमुकाम बाट घटना स्थल तर्फ गएको छ। शाहको झोला वोकेर ल्याउने अछामको कुषकोट निवासी धर्म नेपालीसंग भाडासम्वन्धि सामान्य झगडा भएको प्रत्यक्ष दर्शीले वताए। प्राप्त जानकारी अनुसार झोला वोकेको ज्याला वापत १२०रुपैया मागेको तर , शिक्षक शाहले एक सय रुपैया मात्र दिएपछि दुवै पक्ष वीच भनाभन भएको र शाहले एक थपप्ड हानेर थप विस रुपैया पनि दिएको वताईएको छ ।
मृतक शाहको अवस्था सार्वजनिक गर भन्दै स्थानीय पचास भन्दा वढि महिलाले मौरे प्रहरी चौकीमा धर्ना दिएको वताइएको छ भने तिपाडा धनगढी यातायात ठप्प पारेका थिए। यातायात ठप्प पारेपछि जनजीवन प्रभावित भएको थियो ।
यसै विच जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बृख बहादुर रावलका अनुसार आवस्यक अनुसन्धानका लागि बाह्रवीस नौ का रंजितसिं केसी ,सोही गाविस वडा नं चारका भिम वहादुर सांउद , राम वहादुर साँउद , दान वहादुर सांउद, दिल वहादुर सांउद, वीर बहादुर वुढा , कुष्कोट तिन अछामका धर्म नेपाली ,अत्तरीया वेलासपुर चार कैलालीका भागीराम घिमिरे बाह्रविस सातका गोपाल सिं वोहरा र सोही वडाका कमल सिं वोहरा लगाएत २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरीरहेको वताईएको छ ।
0 comments:
Post a Comment