Sahara Sansar

Monday, April 18, 2011

सामुदायिक वन उपभोक्ता महासंघ इलामको विरोध

बैशाख ६ इलाम। माधव कुमार नेपालको सरकारले वन ऐन २०४९ संसोधन गर्नका लागि क्याविनेट वाट पास भएको विधेयक खारेज गर्नुपर्ने माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ इलाम शाखाले सोमबार  जिल्ला वन कार्यलय अगाडि विरोध कार्यक्रम गरेको छ ।

 वन ऐन २०४९ ले उपभोक्तालाइ दिएको अधिकार कटौति गरेको भन्दै महासंघले यसअघि पटक पटक आन्दोलनका कार्यक्रमहरु गर्दै आएको थियो । महासंघले अहिले चौथो चरणको आन्दोलन शुरु गरेको हो । आन्दोलनका क्रममा आज महासंघले जिल्ला वन कार्यलयमा कालो झण्डा गाडेका छन् भने, विधेयक मस्यौदा कार्यलय परिसरमा जलाएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae