Sahara Sansar

Saturday, April 16, 2011

सामुदायिक विद्यालयमा कम्प्युटर कोर्ष

राजेन्द्र न्यौपाने
 वैशाख ४  गोरखा । जिल्लाको गोरखा नगरपालिका वडा नं. ७ मा अवस्थित सामुदायिक विद्यालय सरस्वती उच्च माध्यमिक विद्यालय आहाले गोरखाले कम्प्युटर कोर्षको कक्षा थालनी गर्नेभएको छ ।विद्यालय व्यवस्थापन समितिको चैत २८ गते बसेको बैठकले आधुनिक र वैज्ञानिक शिक्षाको उज्यालो घामबाट बालबालिकाहरुको भविश्य उज्जवल पार्ने निर्णय सहित कम्प्युटर कक्षा सञ्चालन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

विद्यालयले एस.एल.सी. दिएर बसेका विद्यार्थीहरुलाई सहुलियत दरमा कम्प्युटर वेसिक कोर्षको कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।गाउँबाट कम्प्युटर सिक्न टाढा जानुपर्ने बाध्यतालाई ध्यान राखी विद्यालयले सवंहित योजनाको निर्णय गरेको हो । यसबाट एस.एल.सी.दिएर बसेका विद्यार्थीहरुले सररस्वती उच्च माध्यमिक विद्यालय आहालेमा कम्प्युटर शिक्षा लिने अवसर पाएका छन् । 

लामो समयदेखि अ्र्रग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आइरहेको यो विद्यालयमा कम्युटर कोर्षका लागि भर्ना हुन समेत विद्यालयले आग्रह गरेको छ । अन्यत्र भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने समेत समितिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae