Sahara Sansar

Tuesday, April 5, 2011

राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको भनाइ


चैत २२ काठमाडौं। माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गोरखा विद्यार्थी समाजले काठमाडौंमा गरेको कार्यक्रममा शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई धरापमा पारेर राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको भट्टराईले आरोप लगाउनुभयो। 

गोरखा विद्यार्थी समाजले गरेको चियापानमा भट्टराईले संविधानमा षडेन्त्र भए जनताले नयाँ ढङ्गबाट आन्दोलन उठाउने चेतावनी दिनुभयो । अर्का उपाध्यक्ष नारायणन काजी श्रेष्ठ प्रकाशले ले आफ्नो दलले राष्ट्रिय र्वाधीनता र क्रान्तिकारी आन्दोलनविरुद्ध कसैसँग सम्झौता नगर्न प्रष्ट पार्नुभयो ।  

अर्को प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले आफू र उपाध्यक्ष भट्टराईबीच घनिष्ट सम्बन्ध रहेको प्रष्ट पार्दै दुवै नेता मिलेर गोरखासहित सिङ्गो देशलाई नै एकढिर्का बनाउने
बतानुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae