Sahara Sansar

Tuesday, April 5, 2011

गाउँघरमा सरसापटीको लागी साहु महाजनको दैलोमा धाउन पर्ने बाध्यताको अन्त्य

कूल तामाङ्
 चैत २२ नुवाकोट। गाउँघरमा सरसापटीको लागी साहु महाजनको दैलोमा धाउन पर्ने बाध्यतालाई अन्त्य गर्न सफल सहकारीहरुसंग अहिले सवा अर्ब रुपैया निक्षेप संकलन रहेको छ । जिल्ला सहकारी संघले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित सहकारीहरुले १ अर्ब २५ करोड रुपैया निक्षेप संकलन गरेका छन् । सहकारीमा आबद्ध सामान्य किसान, महिला, सानो आम्दानी भएका देखि करोडपतिहरु समेत सामेल भएका छन् । उक्त निक्षेप जिल्लाका २ सय ८० सहकारीले संकलन गरेको हो ।

सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो । नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो ।

जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।

सहकारीले सामान्य नागरिकलाई पनि ऋण दिन सक्ने धनी बनाएको छ । गाउघरमा पहिले महंगो व्याजदरमा साहु महाजनलाई रिझाएर ऋण लिनु पर्ने दिनको सहकारीले अन्त्य गराएको जिल्ला अध्यक्ष मिश्रले बताउनुभयो । सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी,३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae