Sahara Sansar

Saturday, April 2, 2011

कागबेनी र मुक्तिनाथ आउने तिर्थयात्री बढे

चन्द्रश्वर बस्ताकोटी
 चैत  १९ मुस्ताङ। म्याग्दी जिल्ला हुदै   हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनीको भ्रमण गर्न आउने तिर्थयात्रीको चहलपहल बढेको छ ।
      
देशका विभिन्न स्थान र भारतबाट दैनिक ४ सय भन्दा बढी तिर्थयात्रीहरू मुस्ताङ आउन थालेका छन् । केही दिनयता जोमसोम बसपार्कमा कागबेनी हुदै मुक्तिनाथ जाने तिर्थयात्रीको चहलपहल बढेको मुस्ताङ जिप तथा बस ब्यबसायी समितिका कर्मचारी उपाध्यक्ष गणेश थकालीलेले बताउनुभयो । स्थानीय होटल व्यवसायीहरू पनि तिर्थयात्री को चाप सगै व्यस्त हुन थालेका छन् ।

तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट र पोखराबाट हवाई यात्रा गरेर मुस्ताङ आईपुग्ने गरेका हुन । रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न नवलपरासी, नेपालगञ्ज, दाङ, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन लगायत देशका विभिन्न स्थानबाट सँयौ मानिसहरू आएकाहुन हुन् ।
     
 तिर्थयात्रीको चापका कारण धर्मशालाहरु भरिभराउ भएका छन् । जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मुक्तिनाथ स्थितरानीपौवा धर्मशाला तिर्थयात्रीले भरिभराउ भएको सन्तसेवा आश्रम कागबेनीका पुजारी बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सोही अनुपातमा जोमसोम,कागबेनी र मुक्तिनाथमा रहेका होटलहरु समेत पर्यटक एव तिर्थयात्रीले भरिभराउ देखिन्छन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae